२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

राप्रपा सिद्धार्थनगर–९ को भेला तथा अधिवेशन

बिहिवार , फाल्गुण १३, २०७७

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, १३ फागुन ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ को भेला तथा अधिवेशन बिहीबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले सरोज भट्टराईको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा राम बहादुर थापा, सचिवमा ईन्द्रमाया रायमाझी र कोषाध्यक्षमा निर्मला सिग्देल रहेका छन् ।

    त्यस्तै सदस्यहरुमा गंगाराम बरई, युवराज तिमिल्सना, हरिश पौडेल क्षेत्री, सुनिता शर्मा, संगिता कुर्मी, वाडु थारु, नानु मल्ल, रुप कुमारी हरिजन, बुद्धिसागर तेली, सलाहुद्दिन मुसलमान, राम प्रसाद मल्लाह, राजु थापा, डिल्लीराज पौडेल, जगन्नाथ सुवेदी, धर्मराज गौतम रहेका छन् । त्यस्तै वरिष्ठ सल्लाहकारमा हाफिज पठानलाई चयन गरिएको राप्रपाले जनाएको छ ।

    राप्रपा रुपन्देहीका उपाध्यक्ष एवं अधिवेशन संयोजक अजय कुमार गुप्ताको अध्यक्षता, जिल्ला अध्यक्ष सागर प्रताप राणाको प्रमुख आतिथ्यता, जिल्ला सचिवालय सदस्य ई. चन्द्रभक्त श्रेष्ठ, सदस्य विश्व प्रकाश श्रेष्ठ, बलराम शर्मा, दीपक पााण्डेय, प्रकाश ढाढी, युवा अध्यक्ष शंकर खत्री, सिद्धार्थनगर अध्यक्ष राजेश ढकाल, नेताहरु युवराज तिमिल्सना, सलाहुद्दिन मुसलमान, डा. अमित चर्तुवेदी, हाफिज पठान, विरेन्द्र ज्ञवाली, हरि के.सी., गुमान सिंह सोनी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।