२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

क्षमता विकास तालिम सम्पन्न

सोमवार , आषाढ ११, २०८१

भैरहवा । महिला पत्रकारहरुको क्षमतावृद्धि गर्ने उद्धेश्यले आयोजना गरिएको तीन दिने लेखन वृति तालिम सम्पन्न भएको छ । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) रुपन्देहीको आयोजनामा तीन दिने लेखन वृति तालिम शुरु भएको हो । 

बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा शुरु भएको तालिममा रुपन्देहीमा क्रियाशिल ४५ जना पत्रकार महिलाको सहभागिता रहेको थियो । 

तालिमको समापन गर्दै बुटवल उपमहानगरपालिकाका उपनिर्देशक दामोदर ज्ञवालीले पत्रकारको हक, हित र क्षमता बृद्धिका लागि उपमहानगरपालिका सधै सकारात्मक रहेको बताएका छन् । उनले नगरपालिकाले पत्रकारसंग मिलेर सधै समाजको हितमा केन्द्रित रहेर काम गर्ने बताए । 

सहभागि पत्रकारहरुलाई प्रबिधि र पत्रकारिता, समाचारका श्रोत, लेखन शैलि लगाएतका बिषयमा प्रशिक्षण दिईएको थियो । 

तालिममा बुटवल उपमहानगरपालिकाका प्रेस विज्ञ सिपी खनाल, पत्रकार दिनेश पाण्डे, भगवती पाण्डे, अमृता अनमोल लगाएतले पत्रकारिताको समग्र बिषयमा प्रशिक्षण दिएका थिए । 

महिला पत्रकारहरुलाई तालिमको माध्यमबाट क्षमता अभिवृद्धि गराई समाचार लेखनमा दक्ष बनाउने अभिप्रायले तालिमको आयोजना गरिएको हो । 

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) का अध्यक्ष कल्पना तिवारीको अध्यक्षता तथा सचिव बिन्दु भट्टराइको संचालनमा कार्यक्रम सम्पन्न  भएको थियो । 

तालिममा सहभागि पत्रकारहरुले ३ दिनको सिकाई उपलब्धी मुलक भएको बताएका थिए । उनीहरुले यस्ता खालका क्षमतावृद्धिका कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका छन् ।