२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भ्रष्टाचारबिरुद्ध अझ निर्मम बन्न सरकारलाई सांसद गैरेको आग्रह

सोमवार , आषाढ ११, २०८१

काठमाडाैं, १० असार । नेकपा एमालेका सांसद ठाकुरप्रसार गैरेले भ्रष्टाचारबिरुद्ध अझ निर्मम बन्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गरएका हुन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा शुन्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई भ्रष्टाचारको मुद्दा दायर भएको भन्दै यसले निजामति क्षेत्रसहित सम्पूर्ण क्षेत्रलाई लज्जित तुल्याएको जिकिर गरे । उनले माथि भन्नुस्, माथिको आदेश छैन, माथि मिलाउनुपछ भोलि आउनुस् जस्ता स्वरहरुले आम सेवाग्राहीलाई आजित बनाइरहेको बताए । उनले देशको स्थायी सरकारको प्रमुख पदमा रहेको मुख्यसचिवलाई नै भ्रष्टाचारको मुद्दा दायर हुनेले निजामति सेवा क्षेत्र कति समस्याग्रस्त भन्नेकुरा स्पष्ट हुने बताए ।

उहाँले निजामतिभित्र रहेको भ्रष्टाचारको जालो कति मजबुत छ भन्नेकुरालाई यसले स्पष्ट बनाएको बताए ।