२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सांसद पौडेलको प्रश्न : देश सरकारले चलाइरहेको छ की अन्त कतैबाट चलेको छ

सोमवार , आषाढ ११, २०८१

काठमाडाैं, १० असार । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले देश सरकारले चलाइरहेको छ की अन्त कतैबाट चलेको छ ? भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा शुन्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरुले आफूले भनेको नमानेको कुरा बताउनुभएको उल्लेख गर्दै प्रधानमन्त्रीय पद्धतिमा यो भन्दा लज्जास्पद कुरा के हुन्छ ? भन्दै प्रश्न गरे । सरकारमा बसेर प्रश्न सोध्नेहरुको जवाफ कसले दिने ? भन्ने उनको अर्को प्रश्न थियो । उनले सरकार अराजकतातिर गइरहेको बताए । उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विदेशीलाई सूचना बेच्ने व्यक्ति संसदमा रहेको अभिव्यक्ति दिएको र रक्षामन्त्री हरि उप्रेतीले आईतवार सांसदका प्रश्नको जवाफ दिने क्रममा दिएको अभिव्यक्ति पदीय मर्यादाअनुरुप नरहेको जिकिर गरे ।

उनले मन्त्रीहरुले आफ्नै क्षेत्रमा मात्रै बजेट विनियोजन गरेको बताए ।