२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लायन्स क्लब अफ बुटवल स्टार्समा पद हस्तान्तरण

मंगलवार , आषाढ १२, २०८१

बुटवल, ११ असार ।
लायन्स क्लब अफ बुटवल स्टार्सको पद हस्तान्तान्तरण कार्यक्रम गरिएको छ । वर्ष २०२३/२४ का अध्यक्ष रिंकु लिगलले बर्ष २०२४/२५ का अध्यक्ष भुपेन्द्र अर्याललाई पद हस्तानान्तरण गरेका हुन । बुटवलमा एक कार्यक्रमको आयोजना गरी पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा बोल्दै लायन्स डिष्ट्रिक गभर्नर अर्जुनमान सैंजुले लायन्स क्लब अफ बुटवल स्टार्स आफैमा इतिहास बोकेका क्लब भएको भन्दै यसको गरिमा कायम राख्नुपर्नेमा जोड दिएका थिए । उनले स्थापना भएको ९ औं वर्षमा क्लबले नमुनायोग्य सामाजिक उत्तरदायित्व अन्र्तगतका काम गरेको भन्दै यसको सिको अन्य क्लबहरुले पनि गर्नुपर्ने बताए । गभर्नर सैजुले भने, ‘यो क्लब आफैमा गौरवपूर्ण क्लव हो, यसले गरेका कयौं काम महत्वपूर्ण रहेका छन्, यसको निरन्तरता दिन आवश्यक छ । ’

कार्यक्रममा लायन्स डिष्ट्रिक ईलेक्ट फस्ट भाइस डिष्ट्रिक गभर्नर (भिडिजी) बालाराम भट्टराइले  क्लबले गरेको काम आफैमा महत्वपूर्ण रहेको बताउँदै स्वार्थ भन्दा माथि सेवा भन्ने मुल नाराका साथ सेवा भावमा लाग्नको लागि सबैले प्रेरणा लिनुपर्ने बताए ।

कार्यक्रममा लायन्स डिष्ट्रिक ईलेक्ट सेकेन्ड भिडिजी सन्दीप कसौधनले आफूले स्थापना गरेको क्लबल ९ औं वर्षसम्म नमुनायोग्य काम गर्न सफल भएकोमा धन्यवाद समेत दिए । उनले क्लबको गरिमा कायम राख्नको लागि आगामी पदाधिकारी र सदस्यहरुले महत्पूर्ण भुमिका खेल्नेमा आफू विश्वस्त रहेको बताए ।

कार्यक्रममा लायन्स ईलेक्ट डिष्ट्रिक सचिव माधव खनाल, ईलेक्ट ट्रेजरर प्रकाश श्रेष्ठ, क्लबका पुर्व अध्यक्ष तथा सिनियर डिष्ट्रिक एड्भाईजर आशिषकृष्ण श्रेष्ठ, नोमीनेट गेट लिडर तथा क्लबका पुर्वअध्यक्ष एम.एल. पाण्डेय, एरिया चिफ विनोद सुवेदी लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

1c0f87d5-9324-4fef-8b26-cc82e407305b.jpeg

क्लबका नयाँ अध्यक्ष भुपेन्द्र अर्यालले क्लवको आगामी कार्यकाल अझ बढी महत्पूर्ण सामाजिक कार्यमा लाग्ने प्रतिवद्धता जनाए । उनले अग्रजहरुले दिएको मार्गदर्शनलाई अनुकरण गर्दै जाने समेत बताए । 

क्लबका सचिव किरण कुमार केसीले नवनिवाचित सचिव राम बहादुर शाहीलाई पद हस्तान्तरण गरेका थिए । त्यस्तै कोषाध्यक्ष पिताम्बर अर्यालले नवनिर्वाचित कोषाध्यक्ष गोकुल तिवारीलाई पद हस्तान्तरण गरेका थिए ।

क्लबको १२ औ बैठकमा वर्षभरी भएको योजना तथा कार्यक्रमको बारेमा प्रतिवेदन समेत प्रस्तुत गर्दै पारित गरिएको थियो । वर्ष २०२३/०२४ का अध्यक्ष रिंकु लिगलले आफ्नो कार्यकालमा विभिन्न विधामा संयोजक तथा सहयोग गर्ने संस्था तथा सदस्यहरुलाई मायाको चिनोसहित सम्मान गरेका थिए ।