२०८२, माघ ५ गते

Jan 19 2026 | २०८२, माघ ५ गते

डाँका चोरी तथा लुटपाट गरी फरार ४ जना पक्राउ

मंगलवार , आषाढ १२, २०८१

  • 751
    Shares
  • 751
    Shares
  • काठमाडौं, ११ असार । डाँका चोरी तथा लुटपाट गरी फरार रहेका ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

    मंगलवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले डाँका चोरी तथा लुटपाट गरी फरार रहेका ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनका क्रममा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले असार ४ गते भक्तपुर सूर्यविनायक नगरपालिका ४ दधिकोट बस्ने ३५ वर्षीय डिल्लीबहादुर राउतको घरमा अपरिचित ३ जना व्यक्तिहरु प्रवेश गरी सिबिआई हुँ भन्दै घरधनी र सदस्यहरुलाई नियन्त्रणमा लिइ दराजभित्र रहेको २ करोड नेपाली रुपैयाँ डाँका चोरी तथा लुटपाट गरी फरार रहेको बताए।

    उक्त घटनामा संलग्न रहेका सुजन रसाईलीसहित ४ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको बताए। पक्राउ पर्नेमा वर्ष ३० का सिन्धुपाल्चोक बाह्रबिसे २ का सुजन रसाईली, सिन्धुपाल्चोक भोटेकोशी २ का वर्ष ३१ का भीमबहादुर तामाङ, वर्ष ३६ का ओखलढुंगा मानेभञ्ज्याङ ३ का मुनाराज राई र वर्ष ३८ का सिन्धुपाल्चोक भोटेकोशी २ कै कृष्णबहादुर बोहरा रहेको प्रहरीले बताएको छ । 

    डिल्लीबहादुर राउतको मामा कुलबहादुर खत्रीलाई राउतको घरमा बढी मात्रामा रकम रहेको भन्ने जानकारी भएकोमा निज खत्रीले वैदेशिक रोजगारको काम गर्ने सिलसिलामा चिनेका सुजन रसाईलीलाई उक्त कुरा जानकारी गराइ लुट्ने योजना बनाएको पाइएको प्रहरीले बताएको छ । प्रहरीले निजहरुबाट ३६ लाख ३६ हजार, घटनामा प्रयोग भएको बा।प्र। ०२—०४०प।५५३८ र बा।प्र।०२—०३३ प ६१७४ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल २ थान, मोबाइल थान १०, लुटिएको रकम बोक्न प्रयोग गरिएको झोला थान २, डाँका चोरी तथा लुटपाट र्गा लगाएको कपडाहरु, डाँका चोरी तथा लुटपाट गर्दा लगाएको जुत्ता ३ जोर, खुकुरी एक थान बरामद भएको बताएको छ ।