२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा २२५ बोरा अवैध प्याज बरामद

मंगलवार , आषाढ १२, २०८१

भैरहवा, ११ असार ।
सशस्त्र प्रहरीले रुपन्देहीमा २२५ बोरा (११ हजार ७ सय २० केजी) अवैध प्याज बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीबाट खटिएको सीमा अनुगमन टोलीले ओमसतिया गाउँपालिका–५ स्थित सानो बालापुरबाट उक्त अवैध प्याज बरामद गरेको हो ।

सशस्त्र प्रहरीका अनुसार विशेष सूचनाको आधारमा भारतबाट अवैध रुपमा नेपाल ल्याइ गोदाम गरी लुकाईछिपाई राखेको अवस्थामा प्याज बरामद भएको हो ।

मंगलबार बिहान सवा ७ बजे बरामद गरिएको प्याज आजै दिउँसो ३ः२० बजे भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएकोमा उक्त प्याजको मूल्य ४ लाख ६८ हजार ८ सय रुपैयाँ कायम भएको सशस्त्र प्रहरीले जनाएको छ ।

मिति २०८१।०३।११ गते नं.२७ गण हे.क्वा रुपन्देहीले प्याज २२५ बोरा बरामदको फोटो (3).jpg