
बुधवार , आषाढ १३, २०८१
भैरहवा, १२ असार ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले सोमबार रुपन्देहीको भैरहवामा हेप्पी ‘प्राइड मन्थ’–२०२४ मनाएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदामाथि हुने गरेको हिंसा, अन्यायविरुद्ध तथा यो समुदायको हकअधिकार सुनिश्चितताको माग राख्दै कार्यक्रम गरिएको एक्लोलाई सहारा दिने वृक्ष समूहकी कार्यक्रम संयोजक मनिला न्यौपानेले बताइन् ।
सिद्धार्थनगर नगरपालिका–८ विपी पथस्थित एक्लोलाई सहारा दिने वृक्ष समूह (कार्यालय अगाडि) देखि सुरु भएको र्याली नगरका विभिन्न स्थानको परिक्रममा गरी बुद्धचोकमा पुगेर समापन भएको थियो ।
कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको नृत्य प्रस्तुति रहेको एक्लोलाई सहारा दिने वृक्ष समूहको कार्यसमिति सदस्य विनोद वि.सी.ले जानकारी दिए ।
अंग्रेजी पात्रोअनुसार जुन महिनालाई ‘प्राइड मन्थ’ अर्थात् ‘गौरवको महिना’ मानिन्छ र यो महिनाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि विशेष महत्व राख्छ । नेपालमा पनि जुन महिनामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले विभिन्न कार्यक्रम गरेर ’प्राइड मन्थ’ मनाउने गर्छन् । एलजीबीटीआईक्यूप्लस समुदायका लागि आफ्नो पहिचान देखाउने तथा आफ्नो समुदायले प्राप्त गरेका उपलब्धिप्रति गर्व गर्ने महिनाका रूपमा पनि यसलाई लिने गरिन्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij