
बुधवार , आषाढ १३, २०८१
काठमाडाैं, १२ असार । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले लागुऔषध दुर्व्यसनीकाे विकराल अवस्थालाई रोक्न सबै एक हुनुपर्ने बताएका छन् ।
बुधवार लागुऔषध ओसारपसार बिद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले लागुऔषध दुव्र्यसनी न्युनिकरण र रोकथामका विषयहरुमा सरकार, राजनीतिक दल, सम्बन्धित संघसंसथा, समाज एक हुनुपर्ने बताए । लागुऔषध दुव्र्यसनी नेपालमा विकराल भएको भन्दै उनले अहिले मसिना कुरामा राजनीति गरेर अड्केर बस्ने समय नरहेको बताए । उनले सीमा क्षेत्रमा मात्र नभइ जुम्ला लगायतका हिमाली जिल्लाहरुमा समेत लागुऔषधको दुव्र्यसनी विकराल बनेको बताए ।
उपप्रधानमन्त्री लामिछानेले मधेसमा मात्र नभइ पहाडी जिल्लाहरुमा समेत लागुऔषधको दुर्व्यसनी फैलिएको बताए । उनले लागुऔषधको दुर्व्यसनीकाे नियन्त्रणका लागि गृह मन्त्रालयले विशेष कार्यक्रम बनाउन लागेको बताए । यसको लागि राष्ट्रिय नीतिमा काम गरिरहेको र त्यसको ड्राफ्ट बनाइरहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij