
बुधवार , आषाढ १३, २०८१
काठमाडौं, १२ असार । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लागुऔषधको समस्या विकराल भएको बताएका छन् ।
बुधवार लागुऔषध ओसारपसार बिद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले लागुऔषधको समस्या विकराल भएको कुरा गृहमन्त्रीको पदभार ग्रहण गरेपछि झनै बढी महशुस गरेको बताए । उनले लागुऔषधको दुव्र्यसनीमा युवाहरुलाई फसाइदिइ सकेपछि त्यो देशको दुर्गति शुरु हुने भन्दै सबै मिलेर यसको नियन्त्रणमा लाग्नुपर्ने बताए । उनले देशमा रोजगारी नपाएर विदेश गएका कतिपय युवाहरु लागुऔषधको दुव्र्यसनीमा फसेको बताए ।
उनले लागुऔषधको दुव्र्यसनी नियन्त्रणका लागि चलिरहेका अभियानहरुमा पनि कतिपयले इमान्दारितापूर्वक काम नगरेको भन्दै गृह मन्त्रालय नरममा अति नरम र गरममा अति गरम हुने बताए। लागुऔषध बेचबिखन गर्नेहरुलाई सरकारले कुनैपनि हालतमा नछोड्ने बताए । उनले सिनेममा देखाए झैँ लागुऔषधको प्रयोग नगर्न आग्रह गर्दै जीवन तीन घण्टाको सिनेमा नभएको बताए । आफ्ना अभिभावको दुःखलाई हेरेर आफ्ना व्यवहार अघि बढाउन आग्रह गरे।
उपप्रधानमन्त्री लामिछानेले मधेसमा मात्र नभइ पहाडी जिल्लाहरुमा समेत लागुऔषधको दुव्र्यसनी फैलिएको बताए । उनले लागुऔषधको दुव्र्यसनी नियन्त्रणका लागि गृह मन्त्रालयले विशेष कार्यक्रम बनाउन लागेको बताए। यसको लागि राष्ट्रिय नीतिमा काम गरिरहेको र त्यसको ड्राफ्ट बनाइरहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij