२०८२, माघ ५ गते

Jan 19 2026 | २०८२, माघ ५ गते

महेन्द्र यादवले छाडे जसपा नेपाल, जसपामा आबद्ध भएको घोषणा

बुधवार , आषाढ १३, २०८१

  • 934
    Shares
  • 934
    Shares
  • भैरहवा, १२ असार ।
    जनता समाजवादी पार्टी (जसपा), नेपालका केन्द्रीय सदस्य महेन्द्र यादवले पार्टी परित्याग गरेका छन् । यादव अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् । जसपाका नेता मनिकर कार्कीले भने, ‘महेन्द्रजी जसपामा प्रवेश गरी बुधबार (आज) पार्टीको प्रथम केन्द्रीय समिति बैठकमा सहभागी हुनुभएको छ ।’

    सामाजिक सञ्जाल फेसबुकमा यादवले लेखेका छन्, ‘अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा आबद्ध भई पूर्ण निष्ठाका साथ तन, मन, धनले पार्टीप्रति समर्पित रही पार्टीको विधानअनुरुप क्रियाशील भइ काम गर्ने प्रतिवद्धताका साथ केन्द्रीय कमिटी बैठकमा उपस्थित भएको छु ।’

    Mahendraaa.jpg
    449075689_2242233766111745_2159303276284672736_n.jpg

    विगत लामो समयदेखि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा आबद्ध महेन्द्र यादव २०७९ सालमा सम्पन्न निर्वाचनमा रुपन्देही–३ (क) बाट प्रदेश सभा सदस्यको उम्मेदवार भइ दोस्रो स्थान प्राप्त गरेका थिए ।