२०८३, आषाढ ११ गते

Jun 25 2026 | २०८३, आषाढ ११ गते

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

शुक्रवार , फाल्गुण १४, २०७७

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • काठमाडौँ, १४ फागुन ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि पहिलोपटक मन्त्रिपरिषदको बैठक बस्न लागेको हो।

    सर्वोच्चले मंगलबार प्रतिनिधिसभा विघटन बदर गर्दै १३ दिनभित्र संसद बैठक बोलाउन परमादेश जारी गरेको थियो। आज बस्ने मन्त्रिपरिषद् बैठकमा संसद बैठक आव्हानको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना रहेको बताइएको छ।