
बिहिवार , आषाढ १४, २०८१
काठमाडौं, १३ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले महामन्त्री मुकुल ढकालले पार्टी सभापति समक्ष पेश गरेको समिक्षा प्रतिवेदनलाई गम्भीरताका साथ अध्ययन गरिने बताएका छन् ।
बिहीवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खनालले पार्टी कमजोेर भयो कि भन्ने आवाज पार्टीभित्र उठेकाले नै महामन्त्री ढकाललाई समिक्षा यात्रामा पठाइएको बताए । उनले महामन्त्रीलाई पार्टीको अवस्था पत्ता लगाउनका लागि नै यात्रामा पठाइएको उल्लेख गरे ।उनले प्रतिवेदनको गम्भीरतापूर्वक अध्ययन गरिने र निष्कर्ष निकालिने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीको राजनीतिक अवस्थाको समिक्षा गर्न भन्दै गत जेठ ६ गतेदेखि समिक्षा यात्रा शुरु गरी ३८ जिल्ला पुगेर गरेको समिक्षा प्रतिवेदन बुधवार सभापति रवि लामिछानेलाई बुझाएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij