२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

पामिरका एन्जिल पाण्डेले ल्याए ३.९१ जीपीए

बिहिवार , आषाढ १४, २०८१

  • 619
    Shares
  • 619
    Shares
  • तिलोत्तमा, १३ असार ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरस्थित पामिर इन्टरनेशनल एकेडेमीका एन्जील पाण्डेले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ३.९१ जीपीए ल्याएका छन् । बिहीबार प्रकाशित भएको एसईई नतिजामा पाण्डेले उक्त जीपीए प्राप्त गरेको विद्यालयका प्राचार्य गोपाल गौतमले जानकारी दिए ।

    हालसम्म प्राप्त सूचनालाई आधार मान्दा यो नै तिलोत्तमा नगरपालिकाको सर्वोत्कृष्ट परिणाम (अंक) रहेको विद्यालयका अध्यक्ष मोहन चापागाईंले दावी गरे । विद्यालयबाट ४ जनाले ए प्लस, ६ जनाले ए, १२ जनाले बी प्लस र १ जनाले बी ग्रेड प्राप्त गरेको प्राचार्य गौतमले बताए ।

    विद्यालयबाट २३ जनाले २०८० सालको एसईई परीक्षा दिएका थिए ।