
बिहिवार , आषाढ १४, २०८१
काठमाडौं, १३ असार ।
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्षको रुपमा आफ्नो दावी कायमै रहेको बताएका छन् । बिहीबार पार्टी कार्यालय आलोकनगरमा अध्यक्षको दावेदारी छाड्नुभएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले आफ्नो दावी कायमै रहेको बताएका हुन् ।
उनले सहमतिका साथ नेतृत्व चयनका लागि आफूले पार्टीका नेताहरुसँग छलफल गरिरहेको जिकिर गरे । पार्टी नेतृत्वका लागि आफ्नो नाममा सहमति नहुने कुनै कारण नरहेको उनले बताए । नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन नजिकिदै गर्दा नेतृत्वको विषयमा विभिन्न नेताहरुको नाममा चर्चा हुँदै आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij