
बिहिवार , श्रावण २२, २०७७
भैरहवा, २२ साउन ।
भैरहवामा नयाँ लायन्स क्लबको स्थापना भएको छ । भैरहवा तथा आसपासका युवाहरुको सक्रियतामा लायन्स क्लब अफ भैरहवा युथको स्थापना भएको छ ।
भैरहवाका युवा विवेक कुमार जयसवालको नेतृत्वमा नयाँ क्लबको स्थापना भएको छ । उक्त क्लबमा समाजमा स्थापित युवाहरुको सहभागिता रहेको छ । उद्योग, व्यवसाय, शिक्षण, चिकित्सा, पत्रकारिता, बैक तथा वित्तीय संस्थामा आबद्ध युवाहरुको सहभागितामा स्थापना भएको क्लबले भैरहवामा परिचयात्मक कार्यक्रम गरेको छ ।
लायन्स क्लव इन्टरनेशनल नेपाल ३२५ बी टु का डिष्ट्रिक स्ट्रेटजिक चिफ पीएमजेएफ नवराज न्यौपाने,नगर विकास समिति सिद्धार्थनगरका पूर्व अध्यक्ष तथा समाजसेवी अजय कुमार गुप्ता, एओजी अर्चित श्रेष्ठ, एरिया को–चिफ तथा क्लबका एक्स्टेन्सन चेयरपर्सन धिरज मल्लिक, स्पोन्सर क्लबकी संस्थापक अध्यक्ष सुधा कुंवर लगायतले बोल्दै लायन्स क्लबको स्थापनाले समाजसेवा र विकासमा योगदान पु¥याउने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij