२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

मन्त्रिपरिषद् बैठक बस्दै

शुक्रवार , फाल्गुण १४, २०७७

काठमाडौं, १४ फागुन । 
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । ओलीले आज ५ बजे मन्त्रिपरिषद बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

बैठकबाट प्रतिनिधिसभाको बैठक आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने तयारी छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बैठक आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते संसद विघटन गरेकी थिइन् । तर सर्वोच्च अदालतले यही फागुन ११ प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमलाई असंवैधानिक ठहर गरेको थियो । साथै सर्वोच्चले १३ दिनभित्र संसद बैठक आह्वान गर्न सरकारलाई आदेश दिएको थियो । सो आदेश अनुसार आगामी २३ गतेभित्र संसद बैठक आह्वान गर्नुपर्छ ।