२०८३, आश्विन ७ गते

Sep 23 2026 | २०८३, आश्विन ७ गते

जनताको समाजवाद स्थापना गर्ने सपना साकार पार्नुपर्छ : पूर्वसभामुख सापकोटा

शुक्रवार , आषाढ १५, २०८१

  • 529
    Shares
  • 529
    Shares
  • काठमाडौं, १४ असार । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि प्रसाद  सापकोटाले संविधानमा उल्लेख भएको समाजवादको व्याख्या गरेर जाने बेला आएको बताएका हुन्।

    शुक्रवार काठमाडौंमा भएको जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरु लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले समाजवाद संविधानमा उल्लेख गरिएपनि राम्रो व्याख्या नगरिएको बताए । उनले आफ्नो जीवनको अन्तिम घडीसम्म कुनैपनि कुरा त्याग्न परे आफू त्याग्न तयार रहेको घोषणा गरे। उनले सारा तागत लगाएर नेपाली जनताको समाजवाद स्थापना गर्ने सपना साकार पार्नुपर्ने बताए । 

    पूर्वसभामुख सापकोटाले प्रतिष्ठानलाई माथि उठाउन आफूले गर्नुपर्ने सबै सहयोग गर्न प्रतिवद्ध रहेको बताए ।