
शुक्रवार , आषाढ १५, २०८१
भैरहवा, १४ असार ।
रुपन्देही युवा समूहले विभिन्न विधामा ११ जना व्यक्तित्वलाई सम्मान तथा अवार्ड प्रदान गर्ने भएको छ । समूहले ‘हिरोज अफ पब्लिक अवार्ड–२०८१’ बाट ११ जनालाई सम्मान गर्ने भएको हो । आगामी असोज १२ शनिबार गते भैरहवामा कार्यक्रम आयोजना गरी अवार्ड प्रदान गरिने समूहका अध्यक्ष विशाल गुप्ताले बताए ।
राजनीति, उद्योग/व्यवसाय, सामाजिक, सञ्चार, शिक्षा, स्वास्थ्य, चलचित्र र खेलकुद क्षेत्रमार्फत योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिने गुप्ताले जानकारी दिए । ‘विभिन्न क्षेत्रमार्फत रुपन्देहीलाई चिनाउन योगदान पुर्याएका ११ जनालाई सम्मान गर्नेछौं, ’उनले भने । त्यस्तै एकजनालाई यस वर्षको उत्कृष्ट युवा अवार्डबाट सम्मान गरिने उनले जानकारी दिए ।
समूहले आयोजना गरेको यो कार्यक्रम छैठौं संस्करण हो । समूहले पहिलोपटक २०७६ सालमा हिरोज अफ पब्लिक अवार्डबाट विभिन्न व्यक्तित्वलाई सम्मान गरेको थियो । समूहले ‘हिरोज अफ पब्लिक अवार्ड प्रदान गर्नुका साथै सामाजिक क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएको संस्थाका संस्थापक आनन्द प्रसाद गुप्ताले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij