२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रोटरी बुटवल चौतारीको छैठौं पदस्थापन, अध्यक्षमा पौडेल

शनिवार , आषाढ १६, २०८१

बुटवल, १५ असार । 
रोटरी क्लब अफ बुटवल चौतारीको छैठौं पदस्थापन कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । पदस्थापन कार्यक्रममा वर्ष २०२३/०२४ का अध्यक्ष दिनेशमणि सुवेदीले वर्ष २०२४/०२५ का अध्यक्ष नुमलाल पौडेल (नुमेन्द्र)लाई पद हस्तान्तरण गरे ।

पद हस्तान्तरण कार्यक्रमको उद्घाटन गर्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का पूर्व डिष्ट्रिक गभर्नर राजीव पोखरेलले रोटरी क्लबहरु समाज परिवर्तनको संवाहक रहेको भन्दै स्वार्थरहितको सामाजिक सेवामा लाग्न सके मात्रै रोटरीको गरिमा र प्रतिष्ठा माथि उठ्ने बताए । उनले शिक्षा, स्वास्थ्य, सरसफाई तथा जनचेतनामुलक कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर काम गर्न नवनिर्वाचित अध्यक्ष पौडेललाई आग्रह गरे । आफ्नो व्यस्तताकाबीच समाजसेवाका लागि समय निकालेर अघि बढ्नु नै रोटरीयनहरुको धर्म र कर्तव्य रहेको भन्दै उनले स्वार्थरहितको समाजसेवाका लागि विश्व प्रसिद्ध समाजसेवी महिला मदर टेरेसाबाट सिक्न पनि आग्रह गरे ।

कार्यक्रममा अर्घाखाँचीको शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेलले रोटरी क्लब अफ बुटवलले विगतदेखि गर्दै आएको कामको प्रशंसा गर्दै अबको नेतृत्वले थप रचनात्मक र प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरे ।

नवनिर्वाचित अध्यक्ष नुमलाल पौडेलले अबको एक वर्षमा क्लबको आफ्नै भवन निर्माणसम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्दै शितगंगा नगरपालिका वडा नम्बर ६ र ७ लाई समेटेर एम्बुलेन्स सहयोग गर्ने योजना बनाएको जानकारी दिदै यसका लागि ६ नम्बर वडाका वडाअध्यक्ष क्रृषिबहादुर रेश्मीसँग सम्झौता भइसकेको बताए । यसका अलावा स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा थप रचनात्मक काम गरी क्लवलाई सक्रिय बनाइराख्ने उनले अठोट व्यक्त गरे ।

कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष दिनेशमणि सुवेदीले एक वर्षभित्र क्लबले गरेका सामाजिक एवं रचनात्मक कार्यको बारेमा जानकारी गराएका थिए । त्यसै गरी आफ्नो कार्यकालमा साथ सहयोग गरी सफल बनाउन लाग्ने रोटरीयनहरुलाई उनले धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा क्लबका एजी कृष्ण रावल, केडिया ग्रुप अर्गनाइजेशनका अध्यक्ष ताराचन्द्र केडिया, क्लबका सल्लाहकार राजेन्द्र ढकाल, नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका महासचिव जेपी कंडेल, क्लबका संस्थापक अध्यक्ष बिष्णु घिमिरे,  प्रेसिडेन्ट इलेक्ट डोलराज अधिकारी (राजु), ज्वाइन्ट सर्जन एट आम्र्स श्रीकान्त सुवेदीलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए । 

क्लबको वर्ष २०२४/२५ को सचिवमा खगेन्द्र बेलबासे, कोषाध्यक्षमा विष्णु कंडेल, निवर्तमान अध्यक्षमा दिनेशमणि सुवेदी, प्रेसिडेन्ट इलेक्टमा डोलराज अधिकारी (राजु), प्रेसिडेन्ट नोमिनीमा कपिल पोखरेल, क्लब एडमिन्स्ट्रेटिभ चेअरमा कृष्णप्रसाद पाण्डे, मेम्बरसिप चेअरमा युवराज न्यौपाने, पब्लिक इमेज चेअरमा माधव कंडेल, सर्भिस प्रोजेक्ट चेअरमा विष्णु भट्टराई, द रोटरी फाउण्डेशन चेअरमा विष्णु पौडेल र युथ सर्भिस चेअरमा केशव पौडेल रहेका छन् । 

त्यस्तै सम्पादकमा भिम पौडेल, ज्वाइन्ट सर्जन एट आम्र्समा श्रीकान्त सुवेदी, सह-सचिवमा केशव भुसाल, सह–कोषाध्यक्षमा ज्योती पौडेल, प्रेसिडेन्ट एडमाइजरमा विष्णु घिमिरे, सर्जन एट आम्र्समा अंकित क्षेत्री, क्लब एडभाइजरमा राजेन्द्र ढकाल र पाष्ट प्रेसिडेन्टमा सन्तोष केसी रहेका छन् । 

11740a8d-9ded-4d32-ae7f-1a232967b767.jpeg

कार्यक्रमका अवसरमा क्लबमा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान–पत्रबाट सम्मान गरिएको थियो ।