
शुक्रवार , फाल्गुण १४, २०७७
काठमाडौँ, १४ फागुन।
काठमाडौँको तारकेश्वर नगरपालिका १ मा बर्डफ्लु देखिएको छ। यस अघि पनि तारकेश्वर नरपालिका क्षेत्रमा बर्डफ्लु देखिएको थियो।
तारकेश्वर- १ को कुखुरा फार्ममा कुखुरामा परीक्षण गर्दा बर्डफ्लु संक्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ।
विभागले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै थप संक्रमण फैलन रोक्नका लागि ५ हजार ६ सय ५७ लेयर्स कुखुरा, ७ हजार २ सय ३६ ब्रोइलर कुखुरा, २ हजार ५ सय लोकल कुखुरा, ५० टर्की, १६ बट्टाई, ३ हजार ५ सय ७० अण्डा र ३ हजार केजी दाना नष्ट गरिएको जनाएको छ ।
पशु सेवा विभागले अस्वभाविक रुपमा पन्छी विरामी परे वा मरेमा तुरुन्तै नजिकैको पशु सेवा निकायमा खबर गर्न आग्रह समेत गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij