२०८२, भाद्र २६ गते

Sep 11 2025 | २०८२, भाद्र २६ गते

सुनको मुल्यमा ओरालो लाग्ने क्रम जारी, एकैदिन तोलामा ५०० घट्यो 

आइतवार , फाल्गुण १६, २०७७

  • 2.5K
    Shares
  • 2.5K
    Shares

  • काठमाडौं, १६ फागुन।

    केहीदिन यता स्थानीय बजारमा सुनको मुल्य ओरालो लाग्ने क्रम जारी छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य ५ सयले ओरालो लागेको छ । 

    महासंघका अनुसार अघिल्लो साता पनि ओरालो लागेको सुनको मुल्य आज साताको पहिलो दिन नै तोलामा ५ सयले घटेको हो। महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ८८ हजार ३ सयमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ। 

    यस्तै तेजाबी सुन तोलामा ८७ हजार ८ सय ५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। शुक्रबार छापावाला सुन प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो। शुक्रबार तेजाबी सुन तोलामा ८८ हजार ३ सय ५० मा कारोवार भएको थियो। 

    यस्तै चाँदी आज तोलामा १० रुपैयाँले घटेको छ। शुक्रबार तोलामा एक हजार ३ सय ३५ मा कारोवार भएको चाँदी आज भने एक हजार ३ सय २५ मा कारोवार हुने गरी मूल्य निर्धारण भएको महासंघले जनाएको छ।।