२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

नेकपा प्रचण्ड - माधव समूहको केन्द्रीय कमिटी बैठक फागुन १९ गते 

सोमवार , फाल्गुण १७, २०७७

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • काठमाडौँ , फागुन १७।

    नेकपा प्रचण्ड माधव समूह फागुन १९ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ। फागुन १९ गते दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटी बैठक बस्ने निर्णय भएको प्रचण्ड माधव पक्षले जानकारी दिएको छ। 

    केन्द्रीय कमिटी बैठक भन्दा अघि नै स्थायी कमिटी बैठक बसेर अजेण्डा तय गर्ने भएको छ। स्थायी कमिटी बैठक सोमबार वा मंगलबारसम्म बसिसक्ने केन्द्रीय सदस्य विष्णु रिजालले बताए। 

    सोमबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालय सदस्यहरुको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न र संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे निर्णय लिन दुबै बैठक बोलाउने निर्णय गरेको थियो। 

    आज बसेको सचिवालय बैठकले पार्टिको आधिकारिकता सम्बन्धी पेस गरिएको दाबीबारे छिटोभन्दा छिटो निर्णय गर्न निर्वाचन आयोगलाई अनुरोध समेत गरेको थियो।