२०८३, आषाढ ११ गते

Jun 25 2026 | २०८३, आषाढ ११ गते

संसद अधिवेशन फागुन २३ गते बोलाइयो 

सोमवार , फाल्गुण १७, २०७७

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • काठमाडौँ

    राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन्। राष्ट्रपतिले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आव्हान गरेकी हुन्। 

    आज बसेको मन्त्रिपरिषद् बैठकले २३ गतेलाई संसद अधिवेशन आव्हान गरेको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ गतेलाई संसद् अधिवेशन आव्हान गर्ने निर्णय राष्ट्रपति कार्यालयमा सिफारिस पठाउने निर्णय गरेका थियो। 

    प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति समक्ष २३ गते संसद अधिवेशन आव्हान गर्ने निर्णय सिफारिस गरेर आफू पोखरा गएका हुन्।