२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

प्रधानमन्त्री ओलीले भने : म माथि केहि भई हालेपनि अनौठो नमान्नु

सोमवार , फाल्गुण १७, २०७७

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • पोखरा।

    प्रधानमन्त्री कपि शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने बताएका छन्।

    नेकपा ओली पक्षको पोखरामा आयोजीत प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दैै सरकारले गतीशिल ढङ्गले काम गरेकाले आफूमाथि शारीरिक हमला हुनसक्ने बताएका छन्।

    उनले आफु माथि शारिरिक हमला भएर ज्यान गईहाले पनि कुनै अनौठो नमान्न कार्यकर्तालाई आग्रह गरेका छन्।

    प्रधानमन्त्री ओलीले भने ‘ममाथि सम्पूर्ण रुपमा प्रहार भएको छ, शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला।’ मलाई केही भइहाले पनि देशको भविष्य तलमाथि हुन नदिन उनले कार्यकताहरुलाई आग्रह गरे।