२०८३, श्रावण २४ गते

Aug 09 2026 | २०८३, श्रावण २४ गते

संगठन विस्तार गर्दै राप्रपा 

बिहिवार , श्रावण २२, २०७७

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • भैरहवा, २२ साउन ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिद्धार्थनगर नगर कमिटीको आयोजनामा नगर तथा वडा समितिका अध्यक्ष र सचिवहरूको भेला तथा छलफल कार्यक्रम बिहीबार भैरहवामा सम्पन्न भएको छ ।

    राप्रपा सिद्धार्थनगर अध्यक्ष राजेश ढ़कालको अध्यक्षता, पार्टीका केन्द्रीय सदस्य ताहिर अलीको प्रमुख आतिथ्यता, जिल्ला अध्यक्ष सागर प्रताप राणाको विशिष्ट आतिथ्यता, जिल्ला संयोजक चन्द्रशेखर पाण्डेय, जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, सचिव सुग्रिम त्रिपाठी लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

    राप्रपाका युवा नेता शंकर खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ । छलफल संगठन विस्तारमा केन्द्रीत रहेको पार्टीका जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।