images

आइतवार, बैशाख २३ गते २०८१

दुध बेचेरै मासिक डेढलाख आम्दानी

दुध बेचेरै मासिक डेढलाख आम्दानी

images
images
images
बुधवार, फाल्गुण १९ २०७७
बुधवार, फाल्गुण १९ २०७७
  • दुध बेचेरै मासिक डेढलाख आम्दानी

    अर्घाखाँची, १९ फागुन ।
    विदेशमा बगाउने पसिना स्वदेशमै बगाउन सके केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् अर्घाखाँचीका विष्णुप्रसाद आचार्य । १४ वर्षसम्म भारतमा पसिना बगाएर स्वदेश फर्किएका उनी अहिले पशुपालनबाट मनग्य आम्दानी गर्न थालेका छन् ।

    images
    images
    images

    सानो ठाउँमा पनि दुध बेचेरै घर खर्च चल्छ र मासिक डेढ लाख रुपैयाँ बचत गर्न सकिन्छ भन्दा पत्याउन गाह्रो हुन सक्छ । तर, विदेशमा गरेको दुःख र मिहिनेतबाट सिक्दै आचार्यले पशुपालन व्यवसायबाट मनग्य आम्दानी गर्न थालेका छन् । उनको फर्ममा अहिले २२ वटा भन्दा बढी गाईभैंसी छन् ।

    दुध मात्रै बेचर उनले आफ्नो सम्पूर्ण व्यवहार धान्दै  आएका छन् । जिल्लाकै तारा मार्ग नजिकको फाँटमा १० रोपनी जग्गा भाडामा लिएर ‘साई कृपा गाई भैंसी फर्म’ सञ्चालन गरेका उनले दैनिक १ सय ६० लिटर दुध विक्री गर्दै आएका छन् । त्यसबाट खर्च कटाएर मासिक १ लाख २० हजार रुपैयाँ भन्दा बढी बचत गर्न सकिएको आचार्य बताउँछन् ।

    स्वदेशमै केही गर्ने भन्दै १ लाख ४० हजार रुपैयाँमा तीनवटा गाई खरीद गरी फर्म सञ्चालन गरेका आचार्यको गोठमा अहिले गाई, भैंसी र उन्नत जातका बाख्रा छन् । छोटै समयमा अहिले २० लाख रुपैयाँ भन्दा बढी पुँजी बनाएका उनले गोठमा गाईभैंसीको संख्या थप्ने योजना बनाएका छन् ।

    गाईभैंसीसँगै उनले डेरी उद्योगसमेत खोलेका छन् । अहिलेसम्म प्रदेश सरकारबाट ४ लाख, पशु सेवा कार्यालयबाट १ लाख रुपैयाँको अनुदान पाएका उनले गाउँका बेरोजगार युवाहरूलाई रोजगारी समेत दिएका छन् । विदेशमा जस्तो परिश्रम र मिहिनेत गर्न सके स्वदेशमा नै स्वर्ग हुने उनको भनाइ छ ।

    सदरमुकाममै फर्म सञ्चालन भएकाले दूध किसानलाई दूध विक्री गर्न कुनै समस्या छैन । उपभोक्ताहरू फर्मसम्मै दुध लिन आउने भएकाले दुधमा शुद्धता ल्याउन सके बजारको अभाव नहुने उनको भनाइ छ ।

    पछिल्लो समय गाउँमा उन्नत किसानहरूको अभाव भइरहेको समयमा सरकारले स्थानीय किसानहरूलाई सहुलियत कृषि ऋण र अनुदानको दर बढाउन सके युवाहरू समेत पशुपालनतर्फ आकर्षित हुने थिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij