
बिहिवार , फाल्गुण २०, २०७७
भैरहवा, २० फागुन ।
मानव बेचविखन तथा ओसारपसार सम्बन्धी समस्या नेपाल–भारत दुवै देशको भएको एक कार्यक्रमका सहभागिले बताएका छन् । उनीहरुले समस्या समाधानका लागि दुवै पक्ष मिलेर गर्नुपर्ने पनि बताएका छन । मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि अन्तर सिमाना सम्बन्धी भैरहवामा बिहीबार आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रममा वक्ताहरुले सो कुरा बताएका हुन् ।
कार्यक्रममा नेपाल तथा भारत सीमा क्षेत्रमा रहेका २ देशका सुरक्षाकर्मी तथा सामाजिक संघ–संस्थाहरुको सहभागिता रहेको थियो । माइती नेपाल भैरहवाको आयोजनामा भएको कार्यक्रममा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल, जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका न्यायधिवक्ता डम्बर प्रसाद काफ्ले, सशस्त्र प्रहरी बल नेपाल डण्डाका सशस्त्र प्रहरी निरीक्षक विजय थापा, अधिवक्ता सुनिल त्रिपाठी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक भिमार्जुन अधिकारी, इन्सेक प्रतिनिधि रिमा बिसी, मानव सेवा गोरखपुरका सेन्टर प्रभारी चन्द्रशेखर सिंह, श्रवण कुमार लगायतले बोलेका थिए ।
कार्यक्रममा माइती नेपाल भैरहवाका प्रोजेक्ट कोओर्डिनेटर माया क्षेत्रीले माइती नेपालले गरेका गतिविधिको बारेमा प्रस्तुतीकरण गरेकी थिइन् । कार्यक्रमको सञ्चालन फिल्ड कोओर्डिनेटर सनोज चौधरीले गरेका थिए ।
नेपालभर १८ जिल्लामा काम गरेको माइती नेपाल गैरसरकारी संस्था हो । जसमा १४ वटा आवधिक गृह, ३ वटा रोकथाम गृह, २ वटा पुर्नस्थापन गृह र २ वटा स्नेह गृह रहेका छन् । माइती नेपालले मानव बेचविखन, ओसारपसार तथा अंग बेचविखनमा परेकाको उद्दार, पुनस्र्थापना तथा पुर्नमिलनको कार्य पनि गर्दै आएको कोओर्डनेटर क्षेत्रीले बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij