
मंगलवार , श्रावण ६, २०७७
बुटवल, ५ साउन ।
३८ औं वीपी स्मृति दिवसको अवसरमा वीपी विचार समाज बुटवल उपमहानगर समितिले एकहजार थान मास्क वितरण गरिएको छ ।
बुटवलको राजमार्ग चौराहामा सोमबार बिहान आयोजना गरिएको मास्क वितरण कार्यले कोभिड–१९ वाट बच्नका लागि अनिवार्य मास्क प्रयोग गर्न भौतिक दुरी कायम गरी काम व्यवहार चलाउन र साबुन पानीले अनिवार्य पटकपटक हात धुने विषयलाई आत्मसाथ गर्नका लागि कार्यक्रममा सहभागिहरुले जोड दिएका थिए ।
सडक यात्रु, पैदलयात्रु र सुरक्षाकर्मीलाई मास्क प्रदान गरिएको वीपी विचार समाज बुटवल उपमहानगर समितिका अध्यक्ष नारायण अधिकारीले बताए ।
कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांण र वीपी विचार समाजका उपाध्यक्ष जाकिर हुसेनले कोभिड–१९ ले पारेको प्रभावले आम नागरिकमा क्रास कायमै रहेकोले उक्त महामारीवाट बच्ने उपायहरुलाई आत्म साथ गर्न आह्वान गर्नु भयको सचिव जय प्रकाश भट्टराईले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij