
शुक्रवार , फाल्गुण २१, २०७७
भैरहवा, २१ फागुन
स्थानीयले विरोध गर्दा गर्दै पनि रुपन्देहीको मोतीपर औद्योगिक क्षेत्रको शिलन्यास गरिएको छ। अर्थ मन्त्री विष्णु पौडेलले शिलन्यास गरेका हुन्।
आफूहरुको जग्गामा औद्योगिक क्षेत्र बनाउन लागेको भन्दै स्थानीयले विरोध जनाएका हुन्। सुरक्षाकर्मीको सहयोगमा रातारात शिलन्षस मञ्च त्यार पारिएका हो।
शुक्रबार बिहानदेखि स्थानीयले प्रदर्शन गरेका थिए । अर्थमन्त्री पोडेल र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट आएपछि स्थानीयलाई प्रहरीले लखेटेको थियो। प्रहरीले प्रदर्शनकारीलाई लखेट्ने क्रममा प्रदर्शनकारीले अर्थमन्त्री पौडेलको गाडीलाई लक्षित गरी ढुंगा प्रहार गरेका थिए।
औद्योगिक क्षेत्र पीडित स्थानियलाई बैकल्पिक ब्यबस्था नगरि औद्योगिक कोरिडोरको शिलान्यास नगर्न बारम्बार आग्रह गर्दा नमानेकोले बाध्य भएर बिरोधमा उत्रिनु परेको स्थानियले बताएका छन्।
संघर्ष समितिका संयोजक रामप्रसाद पाण्डेलले आफुहरुको बासको ग्यारेन्टी नहुदा सम्म सिलन्यास नगर्न आग्रह गरिएको बताए।
उनले भने राज्यले गासबास कपासको व्यवस्था गर्नुपर्ने ठाउँमा उल्ट गासबासै उठाउने षडयन्त्र किन भयो, हाम्रो माग पुरा हुनै पर्छ, हामीले त्यसै छोड्नेवाला छैनौ।
शुद्धोधन गाउँपालिका– ३ का सखुवानी, बेतही र बेतहानीमा २ सय घर र करिब ३ सय जनाको खेत गरी १२० बिघा जग्गा औद्योगिक क्षेत्रमा पर्ने भएकाले वैकल्पिक व्यवस्था गरिनुपर्ने पाण्डेले बताए ।
यसअघि फागुन १३ गते शिलान्यास कार्यक्रम राखिएको थियो। स्थानियको बिरोधपछि अर्थमन्त्रीको समय अभावको कारण देखाउदै कार्यक्रम २१ गतेलाई सारिएको थियो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij