२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

चाडपर्व र डिजिटल सुरक्षा–तपाईको रमाइलो खतरामा परिणत नहोस्

बिहिवार , भाद्र २७, २०८१

दशैं आयो, 
खाउँला पिउँला, 
कहाँ जाउँला,
चोरी ल्याउँला, 
धत्त् पापी,
म त छुट्टै बसुँला
दशैं नजिकियो कि सम्झने यो लोकयुक्ती आज फेरी सम्झनामा आयो । तर, फरक सन्दर्भमा । नेपालमा चाडपर्वहरुको मौसम सुरु भएको छ । नेपालीहरुमा पर्व नजिकिएसँगै एउटा उल्लासको वातावरण सिर्जना हुन्छ । तर, चाडपर्वहरुको उल्लासको बीच असुरक्षाको सम्भावना पनि प्रवल हुने गर्छ ।

दशैं र तिहार नेपालको सबैभन्दा ठूलो पर्व हो । नेपालको ठुलो जनसंख्या यो पर्व मनाउने गर्छ । जसरी पर्वहरुमा आम सर्वसाधारणको जीवनमा असुरक्षाका चुनौतीहरु बढेर जान्छ, त्यसरी नै प्रविधिमा पनि पर्वहरुको समयमा अरु समय भन्दा बढी डिजिटल सुरक्षा भंगको चुनौती बढेर गएको हुन्छ।

दशैंको लोकयुक्तीमा चोरी ल्याउला र म त छुट्टै बसुँला भनेझै अब प्रविधिको दुनियाँमा चोरी ल्याउला भनेर बस्नेहरुसँग सचेत भएर कसरी छुट्टै बस्ने भन्ने मुख्य विषय हो ।

सामान्य अवस्था भन्दा चाडपर्वहरुको समयमा इन्टरनेटको प्रयोग (ट्राफिक) बढेको हुन्छ । यस्तो बेला नेटवर्क धेरै व्यस्त हुने गर्छ र त्यही नेटवर्कको व्यस्तताको फाइदा उठाएर ह्याकरहरुले आक्रमण गर्छन् । पर्वहरुको बेला करिब ४० प्रतिशत डिजिटल भंगको असुरक्षा बढेर जाने अध्ययनले देखाउँछ।

आज हामी यो लेखमा कसरी पर्वहरुको समयमा डिजिटल सुरक्षा भंग हुने खतरा बढेर जान सक्छ त यसको विषयमा चर्चा गर्न जादैछौं । पर्वहरुको समय व्यक्तिको लागी मात्र होइन संस्थाको लागी पनि अनिश्चित हुन्छ । जसरी पर्वहरुको समयमा हाम्रो समाजमा सुरक्षा संयन्त्रहरु चनाखो रहन्छ । डिजिटल प्लेटफर्म उपभोग गर्ने सबैजना त्यसरी नै आफ्नो उपकरणहरु माथि चनाखो रहन सक्नुपर्छ । 

१.पर्वको बेला डिजिटल सुरक्षामा हुन सक्ने लापरवाही
नेपालमा पर्वहरुको मौसम आउनु भनेको यसको अर्थ के हो भने लामो बिदाको समय आउनु पनि हो । यस्तो बेला धेरैजना बिदामा बस्छन् । अत्यावश्यक पर्ने संस्थाहरुमा पनि जनशक्ति कमै हुन्छन् । दुर्भाग्यवशः जसरी सुन पसल र बैंकहरु पर्वहरुमा धेरै लुटिन सक्छन् त्यसरी नै पर्वकै समयमा डिजिटल सुरक्षा भंगको खतरा बढेर गएको हुन्छ । रमाइलोमा व्यस्त व्यक्तिहरुले आफ्नो संस्था अथवा कम्पनीको डिजिटल सुरक्षा प्रोटोकलको वेवास्ता गरे भने कति जोखिम होला त ? यो भन्नुको अर्थ मैले कसैलाई डराउन दिएको होइन । मेरो जाने पनि केही होइन तर, जानेको त गइरहेको छ तपाईको पनि गयो भने ? किनभने पछिल्लो समय हाम्रो लाखौं रुपैयाँ तपाईको मोबाइलमा भएको ई–बैंकिङ र ई–सेवामै हुन्छ । तपाईको गइहाल्यो भने म चिन्ता गरौं कि नगरौं ? भन्नोस् त त्यसैले पर्वहरु आयो भन्दैमा डिजिटल सुरक्षालाई वेवास्ता नगर्नुहोस् ।

२. फिसिङ चिन्नुहोस्–उपहारका लिकं नखोल्नुहोस् 
पर्वहरुको समयमा विभिन्न पर्वलाई जोडेर उपहारका योजनाहरु हाम्रो इमेल, म्यासेन्जर, वाट्सएप लगायतमा लिंक आउन सक्छन् । यस्ता लिकंहरु फिसिङ लिंक हुन सक्छन् । यस्ता लिंकहरुबाट सचेत भएर जोगिनुपर्छ । सुरक्षित लिंक भनेको जततउक हो । तर, फिसिङ लिंकहरु जततउ प्रोटकलमा आउने गर्छ त्यस्ता लिंकहरु खोल्नुहुँदैन । र, कुनै पनि लिंक इमेल पठाउनेको आधिकारिता नजानीकन नखोल्नुहोस् । एक अध्ययनका अनुसार ९१ प्रतिशत डिजिटल सुरक्षा भंगको प्रयास फिसिङ लिंकबाट हुन्छ ।

३. फेक वेवसाइट पहिचान गर्नुहोस् 
पर्वको समयमा नेपालीहरु धेरै नै फुर्सदमा हुन्छन् । फुर्सदको समयमा मानिसहरुको बानी आजभोली मोबाइल लगायतका उपकरण धेरै चलाउने बानी हुन्छ । इन्टरनेटमा लामो समय बिताउने बानी हुन्छ । मानिसहरुको त्यसैले एउटा कुरा सचेत हुन जरुरी छ । त्यो के भने जुन पाएँ त्यही वेवसाइटमा प्रवेश नगर्ने । प्रवेश गरे पनि जहा पाए त्यही व्यक्तिगत इन्फर्मेशन नभर्ने यस्ता कुराहरुमा सचेत हुनुपर्छ । आजभोली नाम चलेका ई–कमर्श र ट्रस्टहरुको फेक वेवसाइट बनाएर ट्रागेट गर्ने गरिएको छ ।

४.मल्टिफ्याक्टर अथनिकेशन (MFA) प्रयोग गर्न झिझो नमान्नुहोला
पर्वको रमझम, हामी व्यस्त । मोबाइलमा ध्यान छैन, अफिसबाट इमेल भेसिफिकेशनको म्यासेज आएको छ । हामीलाई थाहा नै भएन ? यस्तो अवस्थामा के होला ? हामीले यस्तो अवस्थामा मल्टि फ्याक्टर अथनिकेशन (MFA) अफ गर्न सक्छौं । झिझोबाट मुक्त हुनको लागि तर, त्यस्तो नगर्नुहोला । खतरा हुन सक्छ । जति झिझो लागे पनि हामीले र हाम्रो संस्थाले प्रयोग गर्ने प्रत्येक एकाउन्टमा मल्टिफ्याक्टर अथनिकेशन (MFA) अनिवार्य रुपमा हुन जरुरी छ ।

५. बिदामा बस्नुपूर्व सबै डेटा ब्याक अप गर्नुहोस् 
पर्वहरुको बेला लामो बिदा हुन्छ । लामो बिदामा धेरै व्यस्तताकाबीच कसैले तपाईको सिस्टममा आक्रमण गरेर डेटा चोर्न अथवा बर्बाद पार्न सक्छ । त्यसैले बिदामा बस्नुपूर्व आफ्ना महत्वपुर्ण डेटाहरु सिस्टम भन्दा कतै बाहिर ब्याकअप गर्न जरुरी हुन्छ । यसले गर्दा तपाई ढुक्क भएर पर्वहरुमा बिदा मनाउन सक्नुहुनेछ ।

६. सार्वजनिक स्थानमा भएका वाईफाईहरु प्रयोग नगर्नुस् 
पर्वहरुको समयमा नेपालीहरु प्राय घुम्न जाने चलन हुन्छ । घुम्न जाने र इन्टरनेट चलाउनको लागि सार्वजनिक स्थानको वाईफाई प्रयोग गर्ने सम्भावना प्रवल रहन्छ । तर, यो जोखिम हुन सक्छ । सार्वजनिक स्थानमा हुने वाईफाईबाट ह्याकरहरुले तपाईको उपकरणमाथि निगरानी पनि गर्न सक्छन् । त्यसैले सार्वजनिक स्थानको वाईफाई प्रयोग कदापी नगर्नुहोला ।

७. पक्का हुनुस् तपाईको उपकरण र एन्टिभाइरस अपडेट छ 
र, अन्तिममा तपाईहरुको उपकरण सुरक्षित गर्नको लागि उपकरण र उपकरणमा भएको एन्टिभाइरस अपडेट हुन जरुरी छ । यदि यी कुरा अपडेट भयो भने बजारमा आएका नयाँ मालवेरहरु यसले अपडेट राख्नेछ र तपाईको उपकरण सुरक्षित गर्न यसले मद्दत गर्नेछ ।

चाडपर्वहरुको बेला डिजिटल सुरक्षामा ध्यान दिन सके आफ्ना परम्पराहरु सुरक्षित रुपमा मनाउन सकिन्छ । धन्यवाद छ प्रविधिको विकासलाई, हामीहरु अहिले हाम्रा परिवार र साथीभाइहरुसँग घर बसेर आनन्द र सुरक्षित रुपमा कुराकानी गर्न सक्छौं । प्रविधिको विकासकै कारण हामीले चाहेका सामानहरु अनलाइनमार्फत घरसम्म आइपुग्छन् । यसको लागि केवल सतर्क भएर डिजिटल प्लेटफर्मको प्रयोग गर्न आवश्यक छ ।

यो सालको चाडपर्वमा सतर्क र सुरक्षित रहनुहोला । तपाईहरुको उपकरणमा आफूले नचिनेको अथवा अनाधिकृत देखिने खालका इमेल, म्यासेज र फोन कलहरुबाट सचेत हुनुहोला । फिसिङको प्रयासहरु पहिचान गर्नुहोला । लगइन क्रेडेन्शियल्स नियमित रूपमा अद्यावधिक गर्नुहोला । र निःसन्देह, यो सचेतनामूलक जानकारी कसैलाई पनि दिनुहोला जसलाई तपाई विश्वास गर्नुहुन्छ कि उसले यसबाट केही फाइदा उठाउन सक्छ । शिक्षा नै एउटा मात्र उत्तम उपाय हो । प्रविधिको दुनियामा साइबर अपराधबाट सुरक्षित हुन् ।