२०८२, भाद्र २६ गते

Sep 11 2025 | २०८२, भाद्र २६ गते

माेतिपुर औद्योगिक कोरिडोर बारे घनश्याम भुषालले भने – हिसाब किताब हुने नै छ

शुक्रवार , फाल्गुण २१, २०७७

  • 5.3K
    Shares
  • 5.3K
    Shares
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका नेता तथा सांसद घनश्याम भुसालले मोतिपुर औद्योगिक करिडोरको शिलान्यास अर्थमन्त्री बिष्णु पौडेलको चुनावी बाचा बिपरित भएको बताएका छन्। 

    नेता भुसालले अर्थमन्त्री पौडेलले आफ्नो चुनावी बाचा विपरित मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेको भन्दै विरोध गरेका हुन्। 

    प्रतिनिधिसभामा बुटवल क्षेत्रबाट उम्मेदवार हुँदा पौडेलले स्थानीय बासिन्दाको समस्या समाधान गरेर मात्रै औद्योगिक कोरिडोरको काम शुरु गरे राजनीतिबाटै सन्यास लिन्छु भनेर पटकपटक वाचा गरेको नेता भुषालको दाबी छ। 

    नेता भुषालले मोतिपुर औद्योगिक कोरिडोरको समस्याबारे एक बक्तब्य जारी गर्दै स्थानीयमाथि लाठी बर्साएर औद्योगिक क्षेत्रको शिलान्यास गरिनु निकै दुखत भएको बताए। 

    रुपन्देही ३ का सांसद भुसालले भने स्थानीय बासिन्दाको माग पूरा नगरी हतारमा औद्योगिक क्षेत्रको शिलान्याश गर्नु जग्गा दलालीको वातावरण बनाउने वाहेक केही नभएको बताएका छन्।

    करिब साढे चार दशकदेखि बसोबास गर्दै आएका जनताको उचित व्यवस्थापनको विकल्प नदिएको तथा वातावरणीय प्रभाव मूल्याङकन समेत नगरी केवल राजनीतिक प्रचारका लागि शिलान्याश गरिएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
    विरोध प्रदर्शनमा उत्रिएका जनतामाथि कामचलाउ सरकारका अर्थ तथा उद्योग मन्त्रीले दमनपूर्ण हर्कत गरेको भुषालले बताए।

    ‘वातावरणीय प्रभाव मूल्यांकन गरेपछि स्थानीय बासिन्दाको व्यवस्थापन गरेर मात्रै अरु काम अघि बढाउने विषयमा उद्योग मन्त्री, औद्योगिक व्यवस्थापन लि।का अधिकारीहरुसँग भएको सहमति समेत तोडेर ढल्दै गरेको सरकारका मन्त्रीहरुले सयौं सुरक्षाकर्मीको घेराभित्र बसेर कायरतापूर्वक नागरिक दमनको जुन नांगो नाच नाचेका छन, त्यसको हिसाब किताब हुने नै छ’ पूर्वमन्त्री भुसालले भनेका छन्।
    bhusal.jpg
    अर्कोतर्फ नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल नेपाल समुहका रुपन्देही अध्यक्ष राजु गुरुङ तथा सचिव निर्मल जिसीले पनि बिज्ञप्ती निकाल्दै प्रहरी दमनका बिच औद्योगिक क्षेत्र सिलन्यास गरिएको बन्दै बिरोध जनाएका छन्। 
    उनीहरुले स्थानिय बासीन्दाको माग सम्बोधन नै नगरी एकतर्फी रुपमा सिलन्यास गरिएको भन्दै सरकार दमनमा उत्रिएको बताएका छन्।