२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

ओमसतिया–५ मा जसपाको टोल समिति गठन

शनिवार , श्रावण २४, २०७७

भैरहवा, २४ साउन ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल रुपन्देही क्षेत्र नम्बर १ ले संगठन विस्तार अभियानलाई निरन्तरता दिएको छ । सोही क्रममा शनिबार ओमसतिया गाउँपालिका वडा नम्बर ५ स्थित दिपनगर दरखसवामा टोल समिति गठन गरिएको पार्टीका युवा नेता विद्या यादवले बताए ।

उमेश पासीको अध्यक्षतामा गठन भएको ५१ सदस्यीय टोल समितिको उपाध्यक्षमा सीता पासी, रुनवती गुप्ता (तेली), राकेश जयसवाल, राकेश लाल यादव, सचिवमा जगदीश हरिजन, कोषाध्यक्षमा जितेन्द्र गुप्ता र सह–सचिवमा शेषमन हरिजन रहेका छन् ।