२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो ४ घण्टा बन्द हुने 

आइतवार , फाल्गुण २३, २०७७

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • चितवन, २३ फागुन।

    नारायणगढ–मुग्लिङ्ग सडक मर्मत तथा बिस्तारको काम सम्पन्न गर्न एक हप्ता दिउँसोमा ४ घण्टा बन्द गरिने भएको छ। यसअघि नै शुरु भएको पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसोमा बन्द गर्न लागिएको हो।

    नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सो सडकखण्ड अन्तर्गत चार किलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द गर्न लागिएको जनाएको छ। सो सडकखण्डमा बिहान १०ः३०देखि दिउँसो ३ः०० बजेसम्म दुईतर्फी नै आवागमन बन्द रहने आयोजनाका इञ्जिनीयर सविना रानाभाटले बताईन्। 

    उक्त अवधीमा अत्यावश्यक सेवा बाहेक सबै सवारी साधन रोकिने उनले जानकारी गराईन्। गत असार पहिलो हप्ता पहिराले बगाएको क्षेत्रमा काम गरिने रानाभाटको भनाई छ। उत्तः सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ। सो अवधिमा नारायणढतर्फबाट गएका सवारी साधनलाई जलबिरेमा र मुग्लिनतर्फबाट आएका सवारी साधनलाई शान्तिबजारमा रोकिने छ ।

    उक्त अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत नारायणगढ–मुग्लिन सडक आयोजनाले अनुरोध गरेको छ। वैकल्पिक सडक प्रयोग गर्न नमिल्नेहरुले धैर्यधारण गरी लेन अनुशासन पालना गरी ट्राफिक प्रहरी र कर्मचारीको अनुशासन पालन गर्न भनिएको छ।