
आइतवार , आश्विन २०, २०८१
भैरहवा, २० असोज । लुम्बिनी विश्व शान्ति मञ्चले रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ४ स्थित फर्साटिकरमा वृक्षरोपण तथा विरुवा वितरण कार्यक्रम सम्पन्न गरेको छ । मञ्च र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको संयुक्त आयोजनामा आइतबार (आज) फर्साटिकरस्थित दुर्गा मन्दिर परिसरभित्र उक्त कार्यक्रम भएको हो ।
शुद्धोधन गाउँपालिका वडा नम्बर ४ का स्थानीय २ सय जना किसानहरुलाई एउटा आँप र एउटा लिची वितरण गरी वृक्षरोपण गरिएको मञ्चका संस्थापक अध्यक्ष बासु गौतमले बताए ।
१० लाख वृक्षरोपण तथा संरक्षण अभियान अन्तर्गत आज ४ सय वटा विरुवा रोपिएको गौतमले जानकारी दिए । कार्यक्रममा कार्यक्रममा शुद्धोधन गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष केशव अधिकारी, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था शुद्धोधन शाखा प्रबन्धक सुशिल गौतम लगायतको उपस्थिति थियो ।
लुम्बिनी विश्व शान्ति मञ्चको आयोजनामा देशैभरी यो अभियान सञ्चालन गरिएको छ । जसलाई राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी–कपिलवस्तु विश्व अभियान बेल्जियम, कम्युनिटी लिडर सिप नेपाल, लगायत संस्थाको सहयोग छ ।
१० लाख वृक्षरोपण तथा संरक्षण अभियान अन्तर्गत यो वर्ष देशैभरी १ लाख विरुवा रोपेर संरक्षण गर्ने योजना रहेको गौतमको भनाइ छ । अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी बल लगायतको सहकार्य रहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij