२०८३, मंसिर १० गते

Nov 26 2026 | २०८३, मंसिर १० गते

सभामुख अर्याल शुक्रबार रुपन्देही आउने

बिहिवार , मंसिर १०, २०८३

  • 379
    Shares
  • 379
    Shares
  • भैरहवा, १० मंसिर । प्रतिनिधि सभाका सभामुख डोल प्रसाद (डीपी) अर्याल शुक्रबार (भोली) रुपन्देही आउनुहुने भएको छ ।
    सभामुख अर्याल शुक्रबार दिउँसो ३ बजे रुपन्देही आइपुग्ने कार्यक्रम तय भएको हो । रुपन्देहीमा रहँदा उहाँले बुटवलस्थित लायन्स आँखा अस्पतालको अवलोकन गर्ने कार्यक्रम तय भएको छ ।

    त्यसै गरी सभामुख अर्याल शनिबार (पर्सी) पाल्पामा आयोजना गरिने दोस्रो लायन्स क्याबिनेट मिटिङमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ ।

    रुपन्देही र पाल्पामा हुने कार्यक्रमका क्रममा उहाँले सुरक्षा समितिसँग ब्रिफिङ लिनुका साथै नागरिक समाजका विभिन्न व्यक्तित्वहरूसँग भेटघाट गर्ने कार्यक्रम समेत तय रहेको छ ।