
सोमवार , फाल्गुण २४, २०७७
भैरहवा, २४ फागुन ।
रुपन्देही युवा समूहले हिरोज अफ पब्लिक अवार्ड–२०७७ बाट विभिन्न क्षेत्रका ३९ जना व्यक्तित्वलाई सम्मान गरेको छ । भैरहवामा एक कार्यक्रमकाबीच समूहले रुपन्देहीमा रही विभिन्न क्षेत्रमा योगदान पुर्याएर जिल्लाको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाएको भन्दै विभिन्न विधामा ३९ जनालाई अवार्ड प्रदान गरेको हो ।
समूहले समाजसेवातर्फ डा. शान्त कुमार शर्मा, नारायण प्रसाद अग्रवाल, मंगल भण्डारी, हरि क्षेत्री, मनोज अग्रवाल, सुनिल कलवार, भुपाल सिंह छन्तेल, दिनेश पौड्याल, गया प्रसाद बरई, अर्जुन कुर्मी, उद्योगतर्फ अशोक कुमार गुप्ता, अम्रिक चौधरी, बैंकिङतर्फ रामराज उपाध्याय, अरुण अधिकारी, स्वास्थ्यतर्फ प्रिया पौडेल, संगितर्फ अफसर अलि, शिक्षातर्फ निर्मल पौडेल, खेलकुदतर्फ कोशिष बहादुर खड्का, व्यवसायतर्फ गुप्ता नर्सरी प्रा.लि., यातायातर्फ सञ्जिव रोक्का, दधिराम खरेल, धार्मिकतर्फ अवधेश कुमार त्रिपाठी, प्रशासनिकतर्फ तेज कुमार के.सी., होटलतर्फ विष्णु भण्डारी, सुनिल श्रेष्ठ, बीमातर्फ गोपाल ज्ञवालीलाई अवार्ड प्रदान गरेको छ ।
त्यस्तै सञ्चारतर्फ नरेश के.सी., राजनीतितर्फ इस्तियाक अहमद खान, देवी प्रसाद चौधरी, चलचित्रतर्फ ओम जैसी, जनप्रतिनिधितर्फ जितेन्द्रनाथ शुक्ला, सनोज कुमार यादव, बासुदेव घिमिरे, ध्रुव नारायण चौधरी, मनमोहन चौधरी, हिरा के.सी, सुनिता कलवार, शिक्षातर्फ चुन्न प्रसाद पाण्डे, ओमप्रकाश विश्वकर्मालाई अवार्ड प्रदान गरिएको रुपन्देही युवा समूहका अध्यक्ष विशाल गुप्ताले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक तथा पूर्व रक्षामन्त्री बालकृष्ण खांणले उनले रुपन्देही यूवा समूहले यस क्षेत्रमा विभिन्न माध्यमबाट समाजका लागि योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गर्नु प्रशसंनीय कार्य भएको बताए । उनले अघिल्लो वर्षमा पनि आफु यो कार्यक्रममा सहभागि भएको र पुनः कार्यक्रममा सहभागि हुने अवसर प्रदान गरेको भन्दै रुपन्देही यूवा समूहलाई धन्यवाद दिए । शिक्षित वर्ग तथा युवाहरु पनि राजनीतिमा आउनुपर्ने उनले बताए । विधिको शासन र संविधान नेपालमा स्थापित गर्नुपर्छ भन्ने सबैको चाहना भएको उनको भनाइ छ । दुर्गा गुरुङ र कृष्ण प्रसाद खरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । समूहले विभिन्न सामाजिक क्षेत्रका कार्यहरुलाई निरन्तरता दिदै आएको समूहका संस्थापक आनन्द प्रसाद गुप्ताले बताए । कार्यक्रमको प्रायोजकको रुपमा जगत मोटर्स प्रा.लि. भैरहवा रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij