सोमवार , फाल्गुण २४, २०७७
काठमाडौं, २४ फागुन।
प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री बिष्णु पौडेलले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताएका छन्। प्रतिनिधि सभा बैठक सुरु नहुँदै संसद भवनबाट बाहिरिँदै प्रधानमन्त्री ओलीले नेकपा नामबारे सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताएका हुन।
तत्कालिन सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रम ओलीले आफूले फैसलाको पूर्ण पाठ हेर्न नभ्याएको बताउँदै सर्बोच्चको फैसलाको सम्मान गर्ने बताए। उता तत्कालिन महासचिव रहेका अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले पनि अदालतको निर्णयलाई स्वागत तथा सम्मान गर्ने बताएका छन्।
सर्वोच्च अदालतले हिजो अन्तिम फैसला गर्दै ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिएको छ। यो सँगै तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाको नाम गुमेको छ। सर्वोच्चको आदेशपछि अव ति दुबै दल तत्कालका लागि एकिकरण अघिको अवस्थामा पुगेका छन्।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
