२०८३, बैशाख १ गते

Apr 14 2026 | २०८३, बैशाख १ गते

‘चाडपर्वको मौलिकता जोगाऔ’

शनिवार , श्रावण २४, २०७७

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • बुटवल, २४ साउन ।
    नेपाली चाडपर्वलाई मौलिक बनाउनुपर्ने एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताए । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको शनिबार भएको ४ सय ३४ नियमित बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाली पर्व, संस्कृति जोगाउने गरी लाग्नुपर्ने बताएका हुन । 

    क्लबका अध्यक्ष गोपाल ज्ञवालीले गाईजात्रा नेवारी समुदायमा आफना आफन्तको मृत्युको सम्झनामा निकालिने महत्वपूर्ण पर्व भएको बताए । मृतकको आत्मशान्तिको कामना गरी वियोगमा रहेका परिवारजनले गाईजात्रा निकालिएसंगै नेपाली समाजका विसंगति र राजनीति घोचपेच प्रस्तुत गर्ने पर्वका रुपमा लिइने उनले बताए । 

    लकडाउनका कारण यो वर्ष खुम्चिनुपरेको कलाकारहरु समयको सदुपयोग गर्दै नयाँ प्रविधिको प्रयोग गरेर गाईजात्रा विशेष बनाएका छन । समयसापेक्ष चल्दा उनीहरुको प्रहसन आम दशर्कहरुले रुचाएका छन । धेरै कलाकारहरुका लागि यो विशेष पर्व बनेको छ । कार्यक्रममा स्थानीय युवा कलाकार प्रशन्न श्रेष्ठले तयार गरेको कोरोना भाइरस संक्रमण सम्बन्धि सचेतनाको भिडिया गित प्रस्तुत भएको थियो ।

    वर्ष २०२०÷२०२१ का एजि खिमानन्द भुषाल, क्लबका अध्यक्ष गोपाल ज्ञवाली, क्लबका पूर्वअध्यक्ष बालकृष्ण अर्याल, निवर्तमान अध्यक्ष कृष्ण प्रसाद अर्याल, पुर्व अध्यक्ष नवीन श्रेष्ठ, सचिव दिपक भट्टराईले क्लबमा नया सदस्य दुर्गा देवि नेपाल, बन्दना श्रेष्ठ, भगवती अर्याललाई स्वागत गरेका थिए ।