२०८३, भाद्र १ गते

Aug 17 2026 | २०८३, भाद्र १ गते

एफईसी धनकोष सहकारीको २९ औं साधारणसभा बलेटक्सारमा

शुक्रवार , कार्तिक २३, २०८१

  • 847
    Shares
  • 847
    Shares
  • तिलोत्तमा, २३ कार्तिक । एफईसी धनकोष बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा–९, मंगलापुर रुपन्देहीको २९ औं साधारण सभा गुल्मीको बलेटक्सारमा सम्पन्न भएको छ । बलेटक्सार सहयोगी सेवा केन्द्र अन्तर्गतको कार्यक्रम बिहीबार सम्पन्न भएको हो । 

    साधारण सभामा सञ्चालक समितिकातर्फबाट अध्यक्ष तारानाथ कंडेलले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै उनले संस्थामा २ हजार ३ सय २० जना शेयर सदस्य रहेको जानकारी दिए । कार्यक्रममा संस्थाका सचिव निरज कंडेलले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाको वित्तीय गतिविधिका विषयमा वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले प्रकाश पारेका थिए । 

    त्यसअघि कार्यक्रमको उद्घाटन गर्दै रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले सहकारीका प्रतिवेदनहरूले संस्थाका गतिविधिहरु सही भए पनि सदस्यहरुका शंकाहरु निवारण गर्ने गरी कार्य गर्नुपर्नेमा जोड दिए । 

    कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मोतिप्रसाद श्रेष्ठ, गाउँपालिकाको सहकारी शाखा प्रमुख दामोदर ज्ञवाली, जिल्ला सहकारी संघ गुल्मीका कार्यवाहक अध्यक्ष तोयनारायण सवाली, सम्मानित व्यक्तिको तर्फबाट मधु घिमिरे, सहयोगी सेवा केन्द्र सञ्चालक समितिकोतर्फबाट देवी पाण्डे, शेयर सदस्यको तर्फबाट पशुपति कंडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

    कार्यक्रमका अवसरमा उत्कृष्ट सदस्यता वृद्धि तथा असल कारोबार गर्ने लक्ष्मी कंडेल, उत्कृष्ट दैनिक बचतकर्ता पम्फा श्रेष्ठ, कर्जा नियमित कारोबारतर्फ मनवहादुर पल्ली र व्यवस्थापन विषयमा स्नातकोत्तर उत्तीर्ण गर्ने शेयर सदस्य मधु घिमिरेलाई सम्मान गरिएको छ । 

    कार्यक्रममा संस्थाका उपाध्यक्ष झविन्द्रप्रसाद कंडेल, सचिव निरज कंडेल लगायतले धारणा राखेका थिए । संस्थाको २९ औं साधारण सभाको दोस्रो तथा अन्तिम चरणको कार्यक्रम यही मंसिर १ मा रुपन्देहीको मंगलापुरमा हुनेछ ।