२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

आखिरमा : नेकपा एमाले सचिवालयको अनौपचारिक बैठक बस्ने तयारीमा

मंगलवार , फाल्गुण २५, २०७७

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • काठमाडौं, २५ फागुन।

    आखिरमा  पुरानै अवस्थामा फर्किएको नेकपा एमालेको सचिवालय कमिटिको बैठक आज पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको छ। एमाले सचिवालयको पहिलो अनौपचारिक बैठक आज अपरान्ह ४ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने जानकारी परराष्ट्र मन्त्री एवं एमाले नेता प्रदिप ज्ञवालीले दिएका छन्। 

    सर्बोच्च अदालतको फैसलापछि साविककै अवस्थामा फर्किएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आ–आफ्नो पार्टी संरचना र संगठन कमिटीलाई सकृय पार्ने काम थालेका हुन्। नयाँ राजनैतिक परिस्थितीमा उत्पन्न घटनाक्रम र पार्टीको आन्तरिक व्यवस्थापनबारे छलफल गर्न नेकपा एमाले सचिवालयको अनौपचारिक बैठक बोलाइएको नेता ज्ञवालीले बताए।

    ज्ञवालीका अनुसार पार्टी कमिटीहरुलाई सकृय बनाउँदै कार्यालय व्यवस्थापन तथा संगठनलाई नयाँ परिस्थिति अनुरुप व्यवस्थित पार्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो। काठमाडौैको धुम्बाराहीस्थित नेकपा एमाले केन्द्रीय पार्टी कार्यालय लगायत विभिन्न तहको कार्यालयमा नेकपा एमाले पार्टी कार्यालयको नाम सहित बोर्ड राख्ने लगाएतका बिषयमा आज छलफल हुने पनि नेता तथा मन्त्री ज्ञवालीले जानकारी गराएका छन्। 

    पार्टी कार्यालयमा साविकको नेकपा एमालेकै हिसावले बैठकको तयारी थालिएको छ। उता नेकपा माओबादी केन्द्रले पनि आफ्नै ढंगले पार्टीका गतिबिधी संचालन गर्ने तयारी गरिरहेको छ।