२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

विपन्न विद्यार्थी र मस्जिदमा तारा जिटीद्वारा आर्थिक सहयोग

सोमवार , कार्तिक २६, २०८१

भैरहवा, २६ कार्तिक । रुपन्देहीको ओमसतिया गाउँपालिका–२ पडसरीका ताराबहादुर जिटीले विपन्न विद्यार्थीहरुलाई र मस्जिदमा आर्थिक सहयोग उपलब्ध गराएका छन् । वैदेशिक रोजगारका लागि नेदरल्याण्डमा बस्दै आएको जिटी घर विदा आएको बेला पडसरीस्थित श्री कोटही आधारभूत विद्यालयमा अध्ययनरत दुईजना विद्यार्थी र सोही वडाको बर्दिहवामा रहेको मस्जिदमा आर्थिक सहयोग गरेका हुन् ।

कक्षामा ८ मा अध्ययनरत अनुज धरिकार र कक्षा ५ मा अध्यनरत आयशा निशालाई जनही ११ हजार रुपैयाँ र मस्जिदमा ८ हजार रुपैयाँ नगद उपलब्ध गराएको ओमसतिया गाउँपालिका–२ का वडाअध्यक्ष सितल जिटीले बताए ।

अभिभावकको उपस्थितिमा विद्यार्थीलाई रकम हस्तान्तरण गर्दै उनले अध्यापन कार्यका लागि रकम खर्च गर्न आग्रह गरे । विद्यार्थीहरु भविष्यको कर्णधार रहेको र आफ्नो सानो सहयोगले उनीहरुको अध्यापनका सहजता आउनेमा उनले विश्वास व्यक्त गरे ।

विद्यालयको प्रधानध्यापक सुभद्रा न्यौपानेसँग विद्यालयमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीहरुका बारेमा जिज्ञासा राख्दै आगामी दिनमा अक्षयकोष स्थापना गरेर वा अन्य कुनै माध्यमले विपन्न परिवारका विद्यार्थीहरुलाई सहयोग गर्ने उनले बताए । ‘आफुले कमाएकोमध्ये विपन्न परिवारलाई सहयोग गर्न पाउँदा अत्यन्तै खुशी छु’,उनले भने,‘विपन्न वर्गलाई सहयोग गर्नु नै ठुलो धर्म हो ।’

IMG_3480.JPG

अझै पनि धेरै विपन्न विद्यार्थीहरु आर्थिक समस्याको कारण अध्यापनका लागि अधिक समस्या झेलिरहेका छन् । तर, केही संघ–संस्था, समाजसेवी लगायतले विपन्न विद्यार्थी छात्रवृति लगायत माध्यमले उनीहरुलाई सहयोग गर्दा केहीले राहत महसुस गरेका छन् । विपन्न विद्यार्थीहरुका लागि सरकारले विनियोजन गर्ने बजेटमा पहुँच नभएका विद्यार्थी झन्झटिलो प्रक्रिया पार गर्नुपर्ने हुदाँ उनीहरु छात्रवृति प्राप्त गर्न असफल छन् ।