२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत

मंगलवार , कार्तिक २७, २०८१

काठमाडौं, २७ कार्तिक । महालेखा नियन्त्रकको कार्यालयले एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को व्यवस्था अनुसार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा महालेखा नियन्त्रक विनोद बहादुर सिंहले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई प्रतिवेदन बुझाएका थिए ।

प्रतिवेदनमा आर्थिक वर्ष २०८०/८१ मा १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको आन्तरिक लेखा परीक्षण भएकोमा १४ अर्ब ९७ करोड ४३ लाख रुपैयाँ बेरुजु औल्याइएको छ । 
त्यसै गरी राजस्वतर्फ ४ करोड २८ लाख, कार्य सञ्चालन कोषतर्फ ३५ करोड ८४ लाख रुपैयाँ र म्याद नाघेको पेश्की १० अर्ब ४५ करोड रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।