
ग्लोबल ग्रान्ट प्रोजेक्टका बारेमा चर्चा
शनिवार , श्रावण २४, २०७७
बुटवल, २४ साउन ।
रोटरी क्लब अफ बुटवलको १३२४ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक ग्रान्ट सव कमिटी चेअर शिवभक्त राजभण्डारीले ग्लोवल ग्रान्ट प्रोजेक्ट छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरुबारे जानकारी गराएका थिए । उनले रोटरी क्लब अफ बुटवलले ग्लोबल ग्रान्ट अन्तर्गतका धेरै प्रोजेक्ट सफलताका साथ अगाडि बढाएको भन्दै धन्यवाद दिए ।
रोटरी क्लब अफ बुटवलले सपोर्ट गरेका प्रोजेक्टहरुमा अध्ययन गरी आर्थिक सहयोग गर्ने प्रतिवद्धता पनि राजभण्डारीले व्यक्त गरे । ग्लोबल ग्रान्ट प्रोजेक्ट छनोट गर्दा त्यसले समुदायको हित गर्छ या गर्दैन भन्ने कुरालाई विचार पु¥याउनुपर्ने उनले बताए ।
रोटरी क्लव अफ बुटवलले शंकरनगर वनवाटिकामा रोटरी इ–लर्निङ एण्ड साइन्स थिएटर, सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलमा अक्सिजन प्लाण्ट र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा क्यान्सर स्क्रिनिङ सेन्टर गरी तीनवटा प्रोजेक्टको काम अघि बढाएको छ ।
ग्लोबल ग्रान्ट चेअर राजभण्डारीले रोटरी क्लव अफ बुटवल डिष्ट्रिक्ट ३२९२ अन्तर्गतका क्लवहरुमध्ये ग्लोवल ग्रान्ट गर्नेमा राटटरी क्लब अफ बुटवल अग्रणी रहेको भन्दै धन्यवाद दिए ।
बैठकमा रोटरी क्लब अफ बुटवलका अध्यक्ष सुनिल श्रेष्ठले तीन वटै प्रोजेक्टको सम्झौता भइ काम अघि बढिसकेको जानकारी दिए । उनले क्लबले अगाडि सारेका प्रोजेक्टमा सबै रोटरीयनहरुको साथ सहयोग रहेको भन्दै धन्यवाद दिए ।
बैठकमा रोटरी क्लब अफ बुटवलका पुर्व अध्यक्षहरु डा. नारायण पन्थ, पुरन श्रेष्ठ, राजेन्द्र लम्साल, क्लव मेन्टर तथा पुर्व अध्यक्ष कृष्ण अर्याल, क्लवका सचिव रोम शर्मा तथा अन्य रोटरीयनहरु मणिरत्न पाण्डे, प्रोजेक्ट डाइरेक्टर मधुप्रसाद अर्याल, मेम्वरसीप डाइरेक्टर लेखनाथ भुसाल लगायतले धारणा राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij