२०८३, आषाढ १८ गते

Jul 02 2026 | २०८३, आषाढ १८ गते

अटो इन्जिनियरिङ व्यवसायीलाई कर सम्बन्धी अभिमुखीकरण

मंगलवार , मंसिर ४, २०८१

  • 1000
    Shares
  • 1000
    Shares
  • बुटवल, ४ मंसिर । बुटवल अटो इन्जिनियरिङ एशोसियसन रुपन्देही लुम्बिनीको आयोजनामा कर सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका–२ मैनाबगरमा रहेको एसोसिएसनको सभाहलमा एशोसियसनका सदस्य व्यवसायीहरुलाई अभिमुखीकरण गरिएको हो ।

    अभिमुखीकरणमा बोल्दै नेपाल अटो मेकानिक्स ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष जनार्दन गैरेले महासंघले व्यवसायिक हकहितमा रहेर काम गर्दै आएको बताए । उनले व्यवसायीहरु धेरैले आफ्नो व्यवसायमा केन्द्रित रहदा अन्य कुराहरु जानकारी नहुने अवस्थामा एशोसियसनले करको क्षेत्रमा भएका परिवर्तनसहित अभिमुखीकरण गरेको भन्दै प्रशंसा गरे ।

    कार्यक्रममा आन्तरिक राजस्व कार्यालय बुटवल कर अधिकृत भविश्वर पोख्रेलले फेरिएको बिल बिजक, परिवर्तित नियमहरु तथा व्यवसायीले पाउन सक्ने राहतको व्यवस्था लगायत विषयमा प्रशिक्षण दिएका थिए।

    राजस्व अनुसन्धान कार्यालय बुटवलबाट प्रशिक्षक दिपेन्द्र श्रेष्ठले कर तथा राजस्वको बारेमा प्रशिक्षण दिएका थिए ।

    बुटवल अटो इन्जिनियरिङ एशोसियसन रुपन्देही लुम्बिनीका अध्यक्ष प्रेम गौचनले ब्यवसायीहरुमा परिवर्तन भएको करको नीति तथा लेखा व्यवस्थापनमा सहयोग पुग्ने विश्वाससहित अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जानकारी दिए । 

    वाणिज्य उपाध्यक्ष बाबुराम आचार्यको स्वागत तथा सचिव मनिष पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । अभिमुखीकरणमा करिब २ सय जना व्यवसायी सहभागी थिए ।