२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लेखामान बोर्डमा ढुंगेल र लेखापरीक्षण बोर्डमा निरौला नियुक्त

बिहिवार , मंसिर १३, २०८१

काठमाडौं, १३ मंसिर । नेपाल लेखामान बोर्डको अध्यक्षमा सुनिलकुमार ढुंगेल र नेपाल लेखापरीक्षणमान बोर्डको अध्यक्षमा जगन्नाथ उपाध्याय निरौला नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई नियुक्त गरेको हो । 

अर्थ मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्षहरुलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बधाइै तथा सफलताको शुभकामना दिए । सो अवसरमा नवनियुक्त अध्यक्षहरुले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्ने बताए ।