
शनिवार , मंसिर १५, २०८१
रुपन्देही, १५ मंसिर । पत्रकार दिनेश पाण्डे उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देही र रुपन्देही उद्योग संघको सहकार्यमा स्थापित औद्योगिक पत्रकारिता पुरस्कारबाट पत्रकार पाण्डे पुरस्कृत भएका हुन् ।
रूपन्देही उद्योग संघको ४७ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा आयोजिच कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल र संघका अध्यक्ष दिलिप सापकोटाले पाण्डेलाई पुरस्कृत गरेका हुन् ।
साढे २ दशक भन्दा लामो समयदेखि रुपन्देहीलाई कर्मथलो बनाइ पत्रकारितामा क्रियाशील रहेका पाण्डे लुम्बिनी टेलिभिजन र समयचक्र डट कममा आबद्ध छन् । पुरस्कारको राशी ४७ हजार १ सय ५५ रुपैयाँ रहेको छ ।
नेपाल पत्रकार महासंघ रुपन्देहीसंगको सहकार्यमा संघले २०५७ सालमा यो पुरस्कार स्थापना गरेको थियो । पुरस्कृत हुने पत्रकार छनोटका लागि नेपाल पत्रकार महासंघ रुपन्देहीले पत्रकार छवि पाण्डेको संयोजकत्वमा मूल्यांकन समिति गठन गरेको थियो ।
पुरस्कृत भएपछि बोल्दै पाण्डेले औद्योगिक पत्रकारिता पुरस्कारले आर्थिक क्षेत्रमा कलम चलाउन थप उत्प्रेरणा प्राप्त भएको बताए । उनले रुपन्देही औद्योगिक नगरी भएको र यहाँको औद्योगिक विकासका लागि आफ्नो क्षेत्रबाट कलम चलाउने पनि बताए ।
उत्कृष्ट उद्योगी तथा विभिन्न क्षेत्रमा उत्कृष्टलाई सम्मान
कार्यक्रममा संघका सदस्य उद्योगहरुमा कार्यरत कर्मचारीका छोराछोरीहरुमध्येबाट कक्षा ८ उत्र्तीण गरी सामूदायिक विद्यालयमा ९ मा अध्ययनरत एकजना छात्र र एकजना छात्रालाई नगद छात्रवृत्ति स्वरुप रु. १० हजारका दरले पुरस्कार प्रदान गरिएको छ ।
छात्रततर्फ युनाइटेड प्लाष्टिक इण्डष्ट्रिजमा कार्यरत कर्मचारी गोविन्द वयम्बु तथा जमुना वयम्बुका छोरा कालिका मानवज्ञान मा.वि.मा कक्षा ९ मा अध्ययनरत विद्यार्थी हिमाल बयम्बु, छात्राततर्फ इन्टरटेक प्रा.लि.मा कार्यरत दुर्गाबहादुर अर्गालीको छोरी कालिका मानवज्ञान मा.वि.मा कक्षा ९ मा अध्ययनरत विद्यार्थी सृष्टी अर्गालीलाई सम्मान गरिएको छ ।
स्थापना दिवसको अवसरमा बुटवल–८ मा अवस्थित ज्ञानज्योती पुस्तकालय संचालन सहयोग स्वरुप २५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो ।
रुपन्देही उद्योग संघमा वि.सं.२०५८ सालदेखि कम्प्युटर अपरेटर पदमा रही निरन्तर सेवा गरेकी कर्मचारी मालती कुँवरले स्वच्छिक अवकास लिएकाले सम्मान गरिएको थियो ।
इन्स्योर परियोजना र रुपन्देही उद्योग संघको सहकार्यमा लुम्बिनी प्रदेशमा सञ्चालनमा रहेका अप्रेन्टिसिप कार्यक्रम सञ्चालन गर्ने क्रममा उद्योग क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याउने उद्योग र उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।
जसअन्र्तगत सिद्धिविनायक अटो वक्र्समा कार्यरत महाकवि देवकोटा मा.वि.सुनवलमा अध्ययनरत विद्यार्थी शैलेन्द्र खवास, टाइगर प्यालेसमा कार्यरत शान्ति नमुना मा.वि. मणिग्राममा अध्ययनरत विद्यार्थी स्नेहा अधिकारी, इन्टरटेक प्रा.लि.मा कार्यरत केएनपीआईमा अध्ययनरत मेकानिकल विद्यार्थी प्रशंसा मल्ल, अर्घाखा“ची सिमेन्टमा कार्यरत केएनपीआईमा अध्ययनरत इलेक्ट्रिकल विद्यार्थी इमरान आलम, चन्द्रमान निर्माण सेवामा कार्यरत जनता मा.वि.तिलोत्तमामा अध्ययनरत सिभिल इन्जिनियरिङ विद्यार्थी सन्दिप धवल, उद्योगतर्फ पञ्चकन्या स्टिल रुपन्देही, लिटमस केबल इण्डष्ट्रिज लि., अर्घाखा“ची सिमेन्ट पुरस्कृत भएका छन् ।
त्यसै गरी रुपन्देहीको शैक्षिक विकासमा अहोरात्र खटिएका शिक्षाविद् घनश्याम पाठकलाई पनि सम्मान गरिएको थियो । मूल्यांकन समितिको संयोजक संघका निवर्तमान अध्यक्ष माधवप्रसाद पौडेलले गरेका थिए ।
संघले उत्कृष्ट युवा उद्यमी मेटल काष्ठ प्रा.लि.का प्रबन्ध निर्देशक निश्चल शर्मा, उत्कृष्ट महिला उद्यमी न्यू लक्ष्मी सःमिलकी सञ्चालक लालुमाया थापा, उत्कृष्ट पर्यटन उद्यमी ड्रिमल्याण्ड गोल्ड रिर्सोट होटल प्रा.लि.का अध्यक्ष उत्कृष्ट पर्यटन उद्योगी गोपाल राना, उत्कृष्ट कृषि तथा पशुजन्य उद्यमी उमादेवी पशु विकास फार्म प्रा.लि.का सञ्चालक यज्ञमूर्ति खनाल, उत्कृष्ट निर्यातकर्ता उद्यमी माउण्ट रोजिन एण्ड टर्पेन्टाइन इण्डष्ट्रिज प्रा.लि.का सञ्चालक बसन्त रोक्का क्षेत्री, उत्कृष्ट रोजगारदाता उद्योग पन्चकन्या ग्रुप सम्मानित भएका छन् ।
त्यसै गरी अग्रज उद्यमीतर्फ हिमचुली बंगुर पालन उद्योग/गंगा गार्डेनका सञ्चालक दलबहादुर थापा, तिनाउ टप किचन इण्डष्ट्रिजका संचालक पुरन सिलवाल, गौतम बोडी बिल्डर्सका सञ्चालक खड्क बहादुर गौतम सम्मानित भएका थिए ।
त्यसै गरी १३ गते आयोजित अन्तरउद्योगी ब्याडमिन्टन प्रतियोगितामा प्रमुख एम्पाएर रहेका अर्जुन कार्की, अनुशासित खेलाडी यज्ञ मरासिनी, उत्कृष्ट खेलाडी भानु खत्री, तृतीय नारायण प्रसाद खनाल र बलबहादुर गोदार तथा बोनिन पिया र जीवकान्त काफ्लेको जोडी, द्वितीय दिलिप गौचन र बाबुराम पाठक, प्रथम नरबहादुर श्रीस र घनश्याम पौडेल (रामु) लाई पुरस्कार प्रदान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij