
आइतवार , श्रावण २५, २०७७
भैरहवा, २५ साउन ।
रुपन्देहीमा विभिन्न पार्टी परित्याग गरी १०३ जना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । रोहिणी गाउँपालिका वडा नम्बर १ बगहामा आयोजित वडा भेला तथा पार्टी प्रवेश कार्यक्रममा १०३ जना राप्रपामा प्रवेश गरेका हुन् ।
उनीहरुलाई राप्रपाका केन्द्रीय सदस्य ताहिर अली लगायत नेताहरुले पार्टीमा प्रवेश गराए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका अलीले देशभरी नै राप्रपामा प्रवेशको लहर चलेको बताए । उनले पछिल्लो समय राप्रपाप्रति जनताको आकर्षण बढ्दै गएको दावी गरे ।
रोहिणी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष आविद अली पठानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोहिणी गा.पा. उपाध्यक्ष शिवकान्ति हरिजन, ओमसतिया गाउँपालिका–५ का वडाअध्यक्ष ओमप्रकाश कुर्मी, राप्रपा रुपन्देहीका जिल्ला सदस्य नाजिर अली, युवा नेता शंकर खत्री, शम्भु यादव, मोबिन आलम लगायतले बोलेका थिए । रियाज अलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
राप्रपाको लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह नगरपालिकामा पार्टी प्रवेश एव संगठन विस्तार अभियान जारी राखेको पार्टीले जनाएको छ ।
केही दिनपछि सिद्धार्थनगर नगरपालिका तथा मर्चवार क्षेत्रसहित अन्य स्थानीय तहमा पनि पार्टी प्रवेश तथा संगठन विस्तार गरिने राप्रपा रुपन्देहीका जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले जानकारी दिए । .
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij