
सोमवार , मंसिर १७, २०८१
भैरहवा, १७ मंसिर । रोल्पामा घुससहित जिल्ला ट्राफिक प्रहरी प्रमुख पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख तथा प्रहरी नायब निरीक्षक (सई) ललित कुमार बुढाथोकी २५ हजार घुससहित पक्राउ परेका हुन् ।
सवारीसाधनहरूलाई आवतजावत गर्न सहजीकरण गरिदिएवापत घुस/रिसवत मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगंजको टोलीले बुढाथोकीलाई सोमबार नियन्त्रणमा लिइएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उक्त रकमसहित उनलाई रोल्पा नगरपालिका वडा नम्बर ४ स्थित निवासबाट सोमबार नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij