२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एशियन कंक्रिटोले आइपीओ जारी गर्ने, विक्री प्रबन्धक नियुक्त

शुक्रवार , मंसिर २१, २०८१

भैरहवा, २१ मंसिर । पश्चिम नवलपरासीमा उद्योग रहेको एशियन कंक्रिटो लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । आइपीओ जारी गर्नका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ ।

आइपीओ निष्काशनका लागि दुई पक्षबीच सम्झौता भएको छ । जसमा एशियन कंक्रिटोका अध्यक्ष तथा प्रबन्ध निर्देशक मनिष रुङ्गटा र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले जारी पूँजीको २० प्रतिशतले हुन आउने ९ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको ९ लाख ३७ हजार ५ सय कित्ता आइपीओ निष्काशन गर्ने जनाएको छ । कम्पनीले १०० रुपैयाँ अंकित ओइपीओ जारी गर्न लागेको हो ।

कम्पनीको जारी पूँजी ४६ करोड ८७ लाख ५० हजार रुपैयाँ छ । एशियन कंक्रिटो नेपालको निर्माण उद्योगमा सबैभन्दा रुचाइएको नाम हो । किनभने यसले बजारमा भएका अन्य असंगठित कम्पनीहरूभन्दा आफूलाई उच्च गुणस्तरको प्रमाणित गरिसकेको छ । उत्कृष्ट कच्चा पदार्थ र आधुनिक जर्मन टेक्नोलोजीकाबाट उत्पादन गरिएका सबै ब्लकहरू उच्च गुणस्तरका छन् ।

यो निर्माण, डिजाइन वा आकार तीनवटै ठाउँमा प्रयोग गर्न सकिन्छ । गुणस्तरीय र पक्की ब्लक वा टाइल्सको खोजीमा रहेकाहरुलाई एशियन कंक्रिटो सबैभन्दा उत्तम रोजाइ भएको उद्योग सञ्चालक बताउँछन् । उद्योगले पछिल्लो समय आफ्ना उत्पादन भारत समेत निकासी गरिरहेको छ ।